गोली प्रहारबाट एकको हत्या

समाधान संवाददाता २०७५ चैत १८ गते ८:०७

रासस

कपिलवस्तुको कृष्णनगर नगरपालिका–१० विद्यानगरमा गए राति गोली प्रहारबाट एकको हत्या गरिएको छ । अपरिचित व्यक्तिको गोली प्रहारबाट स्थानीय ४५ वर्षीय पारस पुरीको मृत्यु भएको प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले बताउनुभयो । 

छातीमा गोली लागी गम्भीर घाइते पुरीको उपचारको क्रममा प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ । एउटा मोटरसाइकलमा आएका २ जना अपरिचित व्यक्तिले पुरीलाई घरबाट बोलाएर घर नजिकै गोली प्रहार गरी भागेका थिए । घटनाको प्रारम्भिक अनुसन्धानका लागि प्रहरीले ३जनालाई नियन्त्रणमा लिएको छ । 

Advertisement

घटनालगत्तै सीमा क्षेत्रका सबै नाकामा सुरक्षा चेकजाँच कडा बनाई घटनामा संलग्न रहेकाको तीव्ररुपमा खोजी भइरहेको प्रहरी उपरीक्षक पुडासैनीले बताउनुभयो । हत्या गरिएका पुरी वैदेशिक रोजगारीमा युवालाई विदेश पठाउने काम गर्दै आएका थिए । 

Advertisement

तपाईको प्रतिक्रिया