एसइई परीक्षा: गणितको प्रश्नपत्रमा बग्रेल्ती त्रुटि

समाधान संवाददाता २०७५ चैत १८ गते ८:१०

समाधान संवाददाता

यो वर्षको एसइई अन्तर्गत गण्डकी प्रदेशमा अनिवार्य गणित विषयमा थुप्रै त्रुटि रहेको पाइएको छ । गणित शिक्षा परिषद् कास्कीले प्रश्नपत्रमा ८ वटा त्रुटि रहेको भन्दै यसले परीक्षार्थीको मानसिक स्वास्थ्यमा असर गरेको जनाएको छ । गणित विषयको परीक्षा गत बुधबार भएको थियो ।

परिषद्का अनुसार पहिलो प्रश्नमै नेपालीलाई अंग्रे्रेजीमा उल्था गर्दा त्रुटि भएको छ । नेपालीमा वार्षिक जनसंख्या वृद्धिदर ५ प्रतिशत भनिएकोमा अंग्र्रेजीमा भने वार्षिक शब्द छुटेको छ । त्यसै गरी अंकन गरिएको भुजाको लम्बाइ र देखाउन खोजिएको अंक लगायत त्रुटि भएको परिषद्का कास्की अध्यक्ष वेदप्रसाद शर्माले बताए । उनका अनुसार प्रस्ट अर्थ दिने नभई दोहोरो अर्थ दिने भाषा प्रयोग गरिएको, आयातको क्षेत्रफल १ हजार ४ सय ४० वर्गमिटर र परिमिति ७० मिटर दिएर समस्यालाई समाधान गर्न नसकिने गरी गल्ती अंक राखिएको छ । साथै धेरै उत्तर आउने खालको रहेको र फेरि वर्ग बनाउन भनिसकेपछि किन ? भनेर औचित्यहीन प्रश्न गाँसिएको शर्माले बताए ।

Advertisement

यस्तो त्रुटिपूर्ण प्रश्नपत्रका कारण विद्यार्थीले गुमाउन पुगेको अंक पुनः प्राप्त गर्नसक्ने खालको अंकन योजना बनाइ उत्तरपुस्तिका परीक्षणको परिषद्ले माग गरेको छ । आगामी दिनमा यस्ता गल्ती नदोहा¥याउन, त्रुटि गर्नेलाई कारबाहीको समेत माग गरिएको छ । ‘यस्तो त्रुटिले परीक्षाको वैधता र विश्वसनीयता समाप्त हुने र परीक्षार्थीको मानसिक स्वास्थ्यमा समेत प्रतिकूल असर पर्नेतर्फ सम्बन्धित पक्षले ध्यान र्पुयाएको देखिएन’ राष्ट्रिय परीक्षा बोर्ड, पोखरा कार्यालयलाई लेखिएको ध्यानाकर्षण पत्रमा भनिएको छ । परिषद्ले तयार गरेको पत्र सोमबार मात्रै बोर्डमा बुझाउने छ । आइतबार बुझाउने भनिएको पत्र कार्यालय प्रमुख नभएका कारण सोमबार बुझाउन लागिएको अध्यक्ष शर्माले जानकारी दिए । पत्रमा शिक्षा विकास तथा समन्वय कार्यालय कास्की, सामाजिक विकास मन्त्रालय गण्डकी र पोखरा महानगरपालिका शिक्षा विभागलाई बोधार्थ दिइएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया