बजार भाउ थाहा नहुँदा किसान मारमा, व्यापारी चाँही मालामाल

रामकृष्ण लामिछाने
पर्वत
पर्वतका किसानले उत्पादन गरेको तरकारीले बजार पाएको छैन । तरकारीले उचित बजार नपाउँदा आहत किसानाथि वस्तुभाउमा बिचौलिया बढ्दा थप सकस भएको छ ।
कुश्मा नगरपालिका ११ का ईश्वरीप्रसाद भुसाल तरकारी छोडेर पशुपालनमा लागेका छन् । तरकारी खेतीमा बिचौलियामात्रै मोटाउने तर, आफू सधै पीडित बनेपछि उनले तरकारी खेती छोडेका हुन् । वर्षभरि दुःख गरे अनुसारको नाफा नपाएपछि पशुपालनमा लागेको उनी बताउँछन् ।
तरकारी खेतीमा लगानी अनुसारको प्रतिफल नपाएपछि किसान पलायन हुने अवस्थामा छन् । जलजला ८ लस्तीका किसान पनि तरकारीमा बिचौलियाका कारण समस्यामा परेका छन् । तरकारी किन्न बारीमा व्यापारी पुगेर मोलमोलाइ गर्छन् । बजार भाउ उनीहरुलाई थाहा नै छैन । कृषक राजन सापकोटाका खेतबारीमाका पुग्ने व्यापारीले जति भन्छन्, त्यतिमै तरकारी बेच्न बाध्य भएको सुनाउँछन् ।
राजन जस्तै यहाँका ६५ परिवारले तरकारी खेतीबाट जीविका चलाइरहेका छन् । तर, किसान केही वर्षयता मारमा परेका छन् । बिक्रेताले भारतबाट पनि तरकारी ल्याउने गरेका छन् । भारतबाट आउने तरकारीसँग यहाँको तरकारीले प्रतिष्पर्धा गर्न कठिन भएको हो ।
यो सिजनमा किसानले मुला, बन्दा काउली, आलु, मुला, गाजर, आलु लगायत बजार पठाउँछन् । बिचौलियाले किसानसँग थोकमा किनेको तरकारी थोकमै बेच्दा पनि १ सयदेखि ४ सय गुणासम्म नाफा लिँदै आएको किसानको गुनासो छ । अहिले किसानले बन्दा र मुला प्रतिकिलो १०, आलु, गाजर र काउली प्रतिकिलो ३० मा बेचिरहेका छन् ।
कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख वासुदेव रेग्मी किसानलाई बजारसम्म नपुर्याउँदा समस्या भोग्नुपरेको बताउँछन् । यसमा स्थानीय सरकारले सघाउनुपर्ने उनले बताए । रेग्मीले गाउँघरमा सहकारीमार्फत तरकारीको व्यवस्थापन गर्दै बजारमा लगे समास्या समाधान हुने उनको सुझाव छ ।








कास्की क्षेत्र नम्बर २ मा रास्वपाबाट उत्तम पौडेलको उम्मेदवारी दर्ता
देशभर २ हजार ९२५ उम्मेदवारी दर्ता, ३३६ महिला चुनावी मैदानमा
कास्की क्षेत्र नम्बर १ मा कांग्रेस, एमाले र रास्वपासहित १७ जनाको उम्मेदवारी दर्ता
म्याग्दीमा महावीर पुनसहित १३ जनाको उम्मेदवारी दर्ता, चुनावी माहोल तातियो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया