विश्वरत्न शाक्यकाे ‘पोेखराः हिजो र आज’ लोकार्पित

समाधान संवाददाता २०७५ चैत १८ गते १५:३४
…kf]v/fM lxhf] / cfhÚ k':ts nf]sfk{0f ub}{ u08sL k|b]zsf k|d'v afa'/fd s'Fj/ . t:jL/ M hd'gf jiff{ zdf{, /f;;, lrKn]9'ªuf

रासस, पाेखरा

साहित्यकार एवम् फोटो पत्रकार विश्वरत्न शाक्यले चार दशकअघिदेखि आफूले खिंचेका र सङ्कलन गरेका तस्वीरको सँगालो ‘पोखराः हिजो र आज’ पुस्तक आज लोकार्पण गरिएको छ । पुस्तकमा झण्डै चार सय तस्वीर छन् । 

गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले पुस्तक लोकार्पणका क्रममा पुस्तकले नयाँ पुस्तालाई इतिहासको विभिन्न कालखण्डको अध्ययनमा सघाउ पु¥याउने विश्वास व्यक्त गर्दै सही समयमा सही पुस्तक निकालेर शाक्यले आफ्नो जन्मभूमिप्रति गुन लगाएको बताउनुभयो । 

Advertisement

पोखरामा महानगरपालिकाका कावा प्रमुख मञ्जु गुरुङले महानगरले विदेशी पाहुनालाई उपहारका रुपमा सो पुस्तक प्रदान गर्ने बताउनुभयो । नपोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले तस्वीरबाट तत्कालीन पोखराको आर्थिक, सामाजिक, राजनैतिक, सांस्कृतिक सबै पक्षको इतिहास अध्ययन गर्न सहज हुने बताउनुभयो । 

शिक्षाविद् जोर्ज जोनले पोखरालाई पढ्न र बुझ्न चाहनेहरुका लागि एउटा सशक्त पुस्तक आएको बताउनुभयो । लेखक शाक्यले नौ वर्षको अथक प्रयास र विभिन्न चुनौती सामना गरेर पुस्तक तयार गरिएको र त्यसमा २० प्रतिशत तस्वीर अरुबाट लिइएको जानकारी दिनुभयो । 

Advertisement

नेपाल पत्रकार महासङ्घका अध्यक्ष दीपेन्द्र श्रेष्ठले हजार शब्दमा उतार्न नसकिने कुरा एउटा तस्वीरले स्पष्ट पार्छ भन्दै सो पुस्तकमा सिङ्गो पोखराको इतिहास र वर्तमान केलाउन सकिने बताउनुभयो । स्वतन्त्र पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बाँस्तोलाले पत्रकारितामा तस्वीर एउटा सशक्त सूचनाको माध्यम भएको बताउनुभयो । महासङ्घका जिल्ला अध्यक्ष कृष्ण थापा, उपाध्यक्ष शान्ति राणालगायतले इतिहासको खोजी गरेर तथ्यको सङ्कलनका साथ बाहिर ल्याइएको पुस्तकले सबैका लागि साझा महत्व राख्ने विचार राख्नुभयो । पुस्तकको मूल्य रु सात सय २५ छ ।

तपाईको प्रतिक्रिया