कुप्रचारको नाममा कङ्ग्रेसको ६८७ फेसबुक पेज हटाइयो

नयाँ दिल्ली, सिन्ह्वा
भारतमा निर्वाचनको सङ्घारमा प्रमुख प्रतिपक्षी भारतीय कङ्ग्रेस आईले सोमबार विभिन्न ६८७ फेसबुक पेज तथा एकाउन्टलाई हटाइएको फेसबुकले सोमबार जानकारी गराएको छ ।
विश्व प्रसिद्ध सामाजिक सञ्जाल फेसबुकले आफ्नो कानून उल्लङ्घन गरेको भनी कङ्ग्रेस–आई सम्वद्ध ती पेजहरू हटाएको हो ।
भारतमा अप्रिल ११ गतेदेखि अप्रिल १९ सम्म आम निर्वाचन भइरहेको र ती नक्कली एकाउन्टबाट विरोधीहरूलाई होचाउने, गाली गर्ने र झूट्टा प्रचार गर्ने खालका सामग्रीहरू सम्प्रेषित भएका भेटिएपछि सामाजिक सञ्जालका उक्त पेजहरू हटाइएको फेसबुकको दावी छ ।
“अप्रमाणिक व्यवहार वा स्पामका लागि सहकार्य गरेको भेटिएपछि फेसबुकको नीति तथा नियमलाई उल्लङ्घन भएको निष्कर्षसहित उक्त दल आवद्ध मानिएका पेज, ग्रुप तथा एकाउन्टहरूलाई कम्पनीले हटाएको छ,” फेसबुक कम्पनीले भनेको छ ।
फेसबुकका साइबर सुरक्षा नीति प्रमुख नेथेनियल ग्लेचरले सोमबार जारी विज्ञप्तिमा भनिएको छ, “हामीले भारतीय भूमिबाट प्रयोग गर्दै आएका भनिएका ६८७ पेजहरू र एकाउन्टहरूले अप्रमाणिक व्यवहार वा स्पामका लागि सहकार्य गरेको भेटेपछि तिनीहरूलाई हटाइदिएका छौँ ।”
“यी गतिविधिमा सम्लग्न व्यक्तिले नक्कली एकाउन्ट खोली नियमविपरित हुनेगरी विभिन्न समूह बनाई उनीहरूको सन्दर्भ सामग्रीलाई सम्प्रेषण गरेको हाम्रो स्वचालित प्रणालीले पत्ता लगाई उनीहरूलाई खारेज गरिदिएको छ ।”
विश्वव्यापीरूपमा फैलिएको सामाजिक सञ्जाल फेसबुकमाथि भारत सरकार लगायत विश्वका सरकारी अधिकारीद्वारा फेसबुकको दुरूपयोग गरी राजनीतिक फाइदा उठाउने वा गलत सूचना फैलाउने काम नभएको प्रत्याभूत गर्न दवाव दिँदै आएका खबरहरू आउने गरेका छन् ।
यसैबीच भारतीय कङ्ग्रेसका नेता मनिस तेवारीले आफूहरूले वास्तविक रिपोर्टबारे अध्ययन गर्न बाँकी रहेको सञ्चारमाध्यमसँग बताउनुभयो ।









प्रचण्ड कास्की ३ बाट सिफारिस
सम्पादकीय—प्रतिनिधिसभा पुनःस्थापनाको अपरिहार्यता
निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा चुनावमा क–कसलाई लाग्छ आचारसंहिता ?
पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया