टिपरको ठक्करबाट क्याम्पस प्राध्यापकको मृत्यु

समाधान संवाददाता २०७५ चैत १९ गते १२:२६

समाधान संवाददाता, बुटवल

टिपरको ठक्करबाट सोमबार बुटवल बहुमुखी क्याम्पसका प्राध्यापकको मृत्यु भएको छ।

बुटवल उपमहानगरपालिका वडा नम्बर १० रामनगर स्थित धागो कारखाना नजिकै साँझ सवा सात बजे भएको भएको उक्त दुर्घटनामा बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक देवदह ४ निवासी डोलराज अर्यालको मृत्यु भएको हो । देवदह नगरपालिका खैरेनिबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख २२३२ नम्बरको टिपरले बुटवलबाट देवदहतर्फ जाँदै गरेको लु २२ प ४९७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार अर्यालको मृत्यु भएको हो ।

Advertisement

प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार टिपरको ठक्करबाट टाउकोमा गम्भीर चोट लागेका अर्यालको उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लैजादै  गर्दा मृत्यु भएको हो । ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। ५० वर्षीय अर्यालले बुटवल बहुमुखी क्याम्पसमा स्वास्थ्य तथा जनसंख्या  अध्यापन गराउदै आएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया