औषधि र लत्ताकपडा लिएर डा. केसी बारामा

समाधान संवाददाता २०७५ चैत १९ गते १३:३६

समाधान संवाददाता, काठमाडाैं

त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक गोविन्द केसी हावाहुरी प्रभावित बारा जिल्ला पुगेका छन् ।

हावाहुरीबाट घाइतेहरूको उपचार गर्न केसी बाराको फेटास्थित पुरनियाँ गाउँ पुगेका हुन् । फेटा बाराको सबैभन्दा बढी हावाहुरी प्रभावित ठाउँ हो । उनले त्यहाँ स्वास्थ्य शिविर चलाउने छन् । पीडितलाई लत्ताकपडा र खाद्यान्न वितरण गर्नेछन् । केसी सोमबार रात्रीबस चढेर एक्लै बारा हिँडेका थिए । 

Advertisement

‘मेरो साथमा स्थानीय स्वास्थ्यकर्मी पनि हुनुहुन्छ,’ केसीले भने, ‘यहाँ शिविर चलाउँछु। औषधि र लत्ताकपडा लिएर आएको छु।’ 

आफ्नो व्यक्तिगत खर्चमा उनी हावाहुरी पीडितको उपचार गर्न गाउँमै पुगेका हुन् । सोमबार राति हावाहुरी आउँदा बारा र पर्सा जिल्लामा २७ जनाको मृत्यु भएको थियो। 

Advertisement

घटनामा तीन सय बढी घाइते छन् । घाइतेहरूको बारा र पर्साका विभिन्न अस्पतालहरूमा तथा काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया