प्रदेश ३ ले बारा-पर्साका हुरी प्रभावितलाई १ करोड रूपैयाँ दिने

समाधान संवाददाता २०७५ चैत १९ गते १४:१८

समाधान संवाददाता, काठमाडाैं

प्रदेश नम्बर ३ले हुरीबाट प्रभावित भएका छिमेकी प्रदेश नम्बर २ का नागरिकलाई १ करोड रूपैयाँ सहयोग गर्ने भएको छ ।

मंगलबार बिहान बसेको प्रदेश तीनको मन्त्रिपरिषद् बैठकले आवास र राहत वितरणका लागि उक्त रकम दिने निर्णय गरेको हो । ‘हामी प्रदेश २ को सरकारसँग समन्वय गरेर उहाँहरूले खोल्नु भएको खातामा पैसा दिन्छौं,’ प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भने ।

Advertisement

यसअघि प्रदेश २ सरकारले मृतकका परिवारलाई ३ लाख रूपैयाँ दिने निर्णय गरेको थियो । विभिन्न राजनीतिक दल र केही नगरपालिकाले पनि बारा र पर्साका प्रभावितलाई पैसा दिने निर्णय गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया