प्रहरी बुलेटिनः आज प्रदेश ४ मा घटेका घटनाहरु जस्ताकोतस्तै

समाधान संवाददाता २०७५ चैत १९ गते १८:३०

समाधान सम्वाददाता

लमजुङः उपचारको क्रममा मृत्यु
मिति २०७५।१२।१९ गते बेशिसहर नगरपालिका ८ शेरा चोक स्थित छिमेकि लघुबित्तमा, घासिकुवाँ घर भई सोहि लघुबित्तमा काम गर्ने कर्मचारी सोहि घरमा डेरा गरि बस्ने वर्ष ५७ को बिण्णु राज जोशि आज बिहान अबेर सम्म नउठी ढोका समेत नखोलेको भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी खटिई गई कोठाको ढोका खोलि उपचारको लागि निजलाई जिल्ला समुदायिक अस्पताल लमजुङ बेशिसहरमा लगिएकोमा चेकजाँच गर्दा निजको मृत्यु भईसकेको चिकित्सकहरुले बताएका छन् । घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

म्याग्दीः घर बनाउने क्रममा घाईते
आज मिति २०७५र१२र१९ गते बेनी नगरपालीका ८ क्याम्पसचोकमा कृष्ण बि।क। को नव निर्मित घर बनाउने क्रममा लेबर काम गर्ने जिल्ला पर्वत जलजला गाउँपालिका ३ वारी बेनी बस्ने वर्ष ४३ को रामलाल दर्जिको अचानक माथिबाट ब्लक खस्दा घाईते भई उपचारको लागि जिल्ला अस्पताल म्याग्दीमा ल्याईएकोमा थप उपचारको लागि पोखरा गण्डकी अस्पतालको लागि रिफर भएको छ । घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

Advertisement

स्याङजाः सवारी दुर्घटनामा १ जना घाइते
मिती २०७५।१२।१९ गते वालिङ नगरपालिका १३ गाहाखोला स्थित सिद्धार्थ राजमार्गमा बायाटारीबाट वालिङ तर्फ आउँदै गरेको ग १२ प ७२५७ नं।को मोटरसाईकल पछाडी सवार वालिङ नगरपालिका १३ बायाटारी बस्ने वर्ष २० की कविता कुँवर मोटरसाईकलबाट अचानक खस्दा घाईते भई उपचारको लागी प्राथामिक स्वास्थ्य केन्द्र वालिङ लगेकोमा थप उपचारको लागी पोखरा गण्डकी हस्पिटल रिफर गरिएको छ । घटनास्थलमा तत्कालै प्रहरी टोली खटिई मोटरसाईकल चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया