पोखराको चोकचोकमा सादा पोशाकका प्रहरीः मिटरमा नजाने ट्याक्सी समातिँदै

समाधान संवाददाता
मिटरमा यात्रु बोक्न नचाहने ट्याक्सीलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले कारवाही तीव्र बनाएको छ ।
सादा पोशाकमा प्रहरी खटाएर मंगलबार पोखराका विभिन्न स्थानबाट दर्जन बढी ट्याक्सीलाई कारवाहीको लागि कार्यालय परिसरमा राखिएको छ ।
‘दिउँसोबाट नै विभिन्न स्थानमा प्रहरी परिचालन गरी मिटरमा नचल्ने ट्याक्सीलाई कारवाही स्वरुप नियन्त्रणमा लिइरहेका छौं,’ ट्राफिक इन्सपेक्टर मुरारी मिश्रले समाधानसँग भने, ‘बेलुकासम्म अझ धेरै हुन सक्ने अनुमान गरेका छौं । नियन्त्रणमा लिइएका ट्याक्सी कार्यालय परिसरमा आउने क्रम जारी छ ।’
नियन्त्रणमा लिएका ट्याक्सीलाई कारवाही स्वरुप कति जरिवाना तिराउने ट्राफिकले खुलाएको छैन् ।
यसअघि जिल्ला प्रहरी कार्यालय कास्कीले मिटरमा जान नचाहने ट्याक्सीलाई कारवाही बापत ५ हजार शुल्क जरिवाना लिदैँ आएको थियो ।
तस्बिरः इश्वर देवकोटा, समाधान
तपाईको प्रतिक्रिया