शिक्षामन्त्री पोखरेललाई नेविसंघले देखायो कालो झण्डा, ३ पक्राउ

ईश्वर देवकोटा , पाेखरा
नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेललाई पोखरामा नेविसंघले कालो झण्डा देखाएको छ ।
पोखरा विश्वविद्यालयको १६ औं दीक्षान्त समारोहमा सहभागी हुन आएका मन्त्री पोखरेललाई नेपाल विद्यार्थी संघका विद्यार्थीले क्याम्पस गेटमा कालो झण्डा देखाएका हुन् ।
मन्त्रीलाई कालो झण्डा देखाएको अभियोगमा प्रहरीले ३ विद्यार्थीलाई पक्राउ समेत गरेको छ ।
पक्राउ पर्नेमा नेविसंघ पोखरा विश्वविधालय इकाई सभापति फिरोज सुवेदी, विश्वविद्यालय इकाई समन्वय समिति सचिव विकास रानाभाट र नेविसंघका जिल्ला स्तरका नेता प्रताप बाँनिया रहेका छन् ।
विद्यार्थीलाई इलाका प्रहरी कार्यालय डाँडाकोनाक शिशुवाको नियन्त्रणमा राखिएको छ । यसबारे प्रहरीले धारणा सार्वजनिक गर्न मानेको छैन् ।
सरकारका कामकारवाही विरुद्ध विरोध स्वरुप मन्त्रीहरुलाई कालो झण्डा देखाउने कार्यक्रम अनुरुपनै विद्यार्थी प्रदर्शनमा उत्रिएको केन्द्रीय सदस्य भानु ढकालले जानकारी दिए ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया