कुश्मा बजारमा स्वच्छ सडक अभियान

समाधान संवाददाता २०७५ चैत २० गते १२:५४

समाधान संवाददाता
पर्वत

कुश्मा बजार क्षेत्रमा फोहोर फाल्नेलाई जिल्ला प्रहरी कार्यालय पर्वतले कारबाही गर्ने भएको छ । स्वच्छ सडक अभियान सञ्चालन गरिरहेको जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारी साधनमा फोहोर फाल्न निषेधित क्षेत्र लेखिएका स्टिकर पनि टाँसेका छन् ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्वच्छ सडक अभियान सञ्चालन गरिएको हो । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले सबै जना जागरुक भएमात्र सफा सडक अभियान सफल बन्ने र सडक पनि सफा रहने बताए । उनका अनुसार अभियानको नेतृत्व प्रहरीले गरिरहेको भए पनि सबैको साथ सहयोग चाहिने बताए ।

Advertisement

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रामकृष्ण गौलीले प्रहरीको यो अभियानमा अहिलेसम्म सबैको साथ मिलेको बताउँदै यस्तै साथ निरन्तर रुपमा दिन सवारी चालक र आम नागरिकलाई अनुरोध गरेका छन् । अभियान अन्तर्गत कसैले पनि सडकमा फोहोर फालेमा नियम अनुसारको कारबाही गरिने ट्राफिक प्रहरी कार्यालयका प्रमुख गौलीले भने ।’

आम नागरिकसहित सवारी चालकको पनि सहभागिता छ । स्वच्छ सडक अभियानमा सामुदायिक सेवा केन्द्र कुश्माका अध्यक्ष शिवप्रसाद सुवेदी, वन डिभिजन कार्यालयका अधिकृत दधिलाल कँडेल, वडाध्यक्ष रुद्र गिरी र ट्याक्सी व्यवसायी संघ पर्वतका अध्यक्ष नरेश क्षेत्री लगायतले संस्थागत सहयोग गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया