देउवाको निर्णयविरुद्ध ५१ जिल्ला सभापति

समाधान संवाददाता २०७५ चैत २१ गते ९:४४
Photo: THT

समाधान सम्वाददाता

महासमितिको निर्देशन विपरित बहुमतद्वारा केन्द्रिय समितिले पारित गरेको विधान संशोधनको निर्णय नसच्चाए जिल्ला सभापतिहरुले विशेष महाधिवेशनको लागि हस्ताक्षर संकलन गर्ने भएका छन् ।

विधानमा मुख्य गरी समानुपातिक समावेशी कोटामा एकजनालाई पटकभन्दा बढी अवसर दिन नहुने र केन्द्रिय सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि हुन नपाउने भन्ने महासमिति बैठकको निर्णय कार्यान्वयन नभएपछि जिल्ला सभापतिहरु केन्द्रिय नेतृत्वसंग आक्रोशित भएका हुन् ।

Advertisement

राजधानीको ठमेलमा बुधबार भेला भएका ५१ जिल्लाका कांग्रेस जिल्ला सभापतिहरुको छलफल जारी छ । आज बिहिबारसम्म छलफल गरी भोलि शुक्रवार बस्ने केन्द्रिय समिति बैठकले यो निर्णय नसच्चाए विशेष महाधिवेशनकालागि हस्ताक्षर संकलन गर्ने बारेमा छलफल भैरहेको काभ्रे जिल्ला सभापति मधु आचार्यले जानकारी दिएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया