मुक्तिनाथ विकास बैंकद्वारा हावाहुरी पीडितलाई सहयोग

समाधान संवाददाता २०७५ चैत २१ गते १४:०४

समाधान संवाददाता, पोखरा

मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत प्रदेश २ का हावाहुरी पीडितलाई सहयोग गरेको छ ।

चैत १७ गते साँझ आएको हावाहुरीबाट प्रभावित बाराको परवानीपुर गाँउपालिका वडा नं ४, रामटोलका दलितहरुलाई बैंकले सहयोग गरेको हो । बैंकले १ सय ४५ घरधुरीलाई १ सय थान झुल, १ सय थान म्याट्रेस तथा १ सय थान टेन्ट सहयोग गरेको सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया