बाढीपहिरो पीडित सौरु बिद्यालयलाई आर्थिक सहयोग

समाधान संवाददाता २०७५ चैत २१ गते १४:४८

सुन्दरकुमार थकाली
मुुस्ताङ

गतवर्षको बाढिपहिरोको चपेटामा परेको थासाङ २ सौरुको सौरु आधारभुत विद्यालयलाई आर्थिक सहयोग उपलब्ध गराईएको छ । बुधबार गण्डकी विकास बैङ्क जोमसोमका प्रतिनिधि टोलीले बिद्यालयलाई नगद ४५ हजार आर्थिक सहयोग गरेका हुन् ।

राहत हस्तान्तरण कार्यक्रममा गण्डकी बिकास बैङ्कका शाखा प्रवन्धक महेश थकालीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोजन हिराचनलाई नगद हस्तान्तरण गरेका हुन् । सो अवसरमा बोल्दै शाखा प्रमुख थकालीले बित्तिय संस्था समाज रुपान्तरणको एक अंग भएकाले सामाजिक उत्तरदायित्वका लागि गण्डकीले आर्थिक सहयोग प्रदान गरेको स्पष्ट पारे ।

Advertisement

उनले समाजको आर्थिक, सामाजिक र सांस्कृतिक बिकास भएमात्र बैङ्क तथा बित्तिय संस्थामा सेवाग्राही बृद्धि हुने दावी गरे । यसअघि पनि गण्डकीले कागबेनी, जोमसोम र सौरुका बिद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिसकेको शाखा प्रमुख थकालीको भनाई छ । उनले यसपटक बाढी प्रभावित सौरु विद्यालयलाई आर्थिक सहयोग गरेको खुलाए । उनका अनुसार गण्डकीले जोमसोममा सिसी टिभी खरिदका लागि समेत प्रहरीलाई आर्थिक सहयोग गरेको बताए ।

सौरु विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोजन हिराचनले गण्डकी विकासको सानो आर्थिक सहयोगले विद्यालयको शैक्षिक पठन पाठनमा ठुलो सहयाग पुर्‍याउने बताए । कालिगण्डकी नदीका कारण ओझेलमा परेको यस बिद्यालयलाई यस प्रकारको सहयोगले बालबालिकाको शैक्षिक भबिष्य निर्माणमा योगदान पुग्ने दावी गरे । विद्यालयका प्रधानाध्यापक दिपक तुलाचनले भौगोलिक विकटता र कालिगण्डकी नदीका कारण सौरु गाउँ आझेलमा परेको बताए । उनले बाढीपहिरोको चपेटामा परेको आझेलमा परेको गाउँको बिद्यालयलाई गण्डकीले आर्थिक सहयोग पुर्‍याएर शिक्षा क्षेत्रको सम्मान गरेको उल्लेख गर्दै धन्यवाद व्यक्त गरे ।

Advertisement

‘शिक्षित नेपालीका लागि गण्डकीको योगदान,गुणस्तरिय शिक्षामा हाम्रो निरन्तर योगदान’ भन्ने मुल नाराका साथ गण्डकी बिकास बैङ्कले जिल्लाका बिभिन्न बिद्यालयलाई सहयोग गर्दे आईरहेको बैङ्कले जनाएको छ ।यस्तै,बिकास बैङ्कले समाज रुपान्तरणका लागि योगदान दिए जस्तै बित्तिय कारोबारमा मुस्ताङबासीको निरन्तर साथ सहयोगको अपेक्षा गरेको छ ।

तपाईको प्रतिक्रिया