स्टेप बाइ स्टेपमा बिदाइ

समाधान संवाददाता २०७५ चैत २१ गते १८:३२

पोखरा,

स्टेप वाई स्टेप माविमा विज्ञान तथा व्यवस्थापनका कक्षा १२ मा अध्यनरत विद्यार्थीलाई बिदाइ गरिएको छ । संस्थापक प्राचार्य निर्मला बरालले शुभकामना दिँदै मेहेनत, लगनशीलता र समयको सही प्रयोगले नै विद्यार्थीलाई सफल बनाउने बताइन् ।

कार्यक्रममा संस्थापक निर्देशक रमाकान्त बराल, सहायक प्रअ दीपक गिरी, शिक्षक विमल देवकोटा, विद्यार्थी प्रतिभा शर्मा, शिक्षक सञ्जय बराल र सूर्यप्रसाद लम्साल लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया