रत्नज्योतिमा प्रतिभा पहिचान

समाधान संवाददाता २०७५ चैत २१ गते १८:३७

पोखरा,
पोखरा महानगरपालिका ८ मा अवस्थित रत्नज्योति माविले बालबालिकाहरुको अन्तरनिहित प्रतिभालाई प्रष्फुटन गराउने उद्देश्यका साथ नेपाली र अंग्रेजी वक्तृत्वकला, गायन, नृत्य, हाजिरीजवाफ गरी ५ विधामा बालप्रतिभा पहिचान कार्यक्रम सम्पन्न गरेको छ ।

पोखरा सभागृह हलमा सम्पन्न कार्यक्रममा शिक्षासेवी जोर्ज जोनले रत्नज्योति माविले विद्यार्थीको खुबी र प्रतिभालाई प्रष्फुटन गराउँदै गुणस्तरीय शिक्षा प्रदान गर्नमा कुनै कसर बाँकी नराखेको भनाइ राखे ।
एन प्याब्सन कास्कीका अध्यक्ष रामप्रसाद शर्मा, विद्यालय व्यवस्थापन समिति सदस्य कमला गुरुङ, पूर्वशिक्षिका दुर्गा सिग्देल, अभिभावक अनिता दर्लामी, विद्यालयका सल्लाहकार दामोदर पराजुलीलाई सम्मान गरिएको थियो ।

विद्यालयका प्रिन्सिपल तोयनाथ भट्टराईले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा अभिभावक पंकज पौडेल, भूपू विद्यार्थी तालांक बराल, प्राडा एलियाम्मा जोन, विद्यालयका संस्थापक÷निर्देशक हेमन्त अधिकारी, एन प्याब्सन क्षेत्र नं. ४ का अध्यक्ष यम खड्का लगायतले शुभकामना मन्तव्य राखे ।
एन प्याब्सनका राष्ट्रिय अध्यक्ष ऋतुराज सापकोटाले बालबालिकालाई किताबी ज्ञानको साथसाथै वक्तृत्व, गायन, नृत्य, बाद्यवादन जस्ता अतिरिक्त कृयाकलापहरुमा जोड दिंदै व्यवहारिक र जीवनोपयोगी शिक्षामा जोड दिएको सुनाए ।

Advertisement

जुनियर र सिनियर र ११ तथा १२ कषा गरी तीन तहमा सञ्चालन गरिएको उक्त कार्यक्रममा जुनियर तहबाट (२ देखि ५ सम्म) यस वर्षको एसआरजे एक्सेलेन्सी अवार्ड कक्षा ५ मा अध्ययनरत छात्रा कंगना गुरुङले हात पार्न सफल भइन् । विधागततर्फ नेपाली वक्तृत्वमा सुवास देवकोटा, प्रियंका छन्त्याल र संकल्प लामिछाने क्रमशः प्रथम, द्वितीय, तृतीय भए । अंग्रेजी वक्तृत्वमा श्रेया गिरी, आशुतोष अधिकारी, आकाशिका पुन क्रमशः प्रथम, द्वितीय र तृतीय भए । गायन तर्फ एन्जोन गुरुङ, आर्यन पाण्डे, आदित्य धिताल क्रमशः प्रथम, द्वितीय र तृतीय भए । नृत्यतर्फ कुसुम आलेमगर, आयुष्का थापा, सदिस विक क्रमशः प्रथम, द्वितीय र तृतीय र हाजिरी जवाफतर्फ स्वरुप तिवारी, सार्थक तिवारी, अभिषेक पोखरेल क्रमशः प्रथम, द्वितीय र तृतीय हुन सफल भएका थिए ।

सिनियर (कक्षा ६ देखि ९ सम्म) तर्फ कक्षा ६ की छात्रा एलिसा पराजुलीले एस.आर.जे एक्सेलेन्सी अवार्ड हात पार्न सफल भइन् । नेपाली वक्तृत्वमा सलिना बस्नेत, स्नेहा राना, सदिक्षा रामदाम क्रमशः प्रथम, द्वितीय र तृतीय भए । अंग्रेजी वक्तृत्वमा सोनिया अधिकारी, अमृता अधिकारी, अयुष सापकोटा क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए । गायनतर्फ सन्जु गुरुङ, कृष्टिना गुरुङ र प्रयास रानाभाट क्रमशः प्रथम, द्वितीय र तृतीय हुन सफल भएका थिए । त्यसैगरी नृत्यतर्फ नवीन अधिकारी, समृद्धि चापागाई, सदीक्षा विक क्रमशः प्रथम, द्वितीय र तृतीय हुन सफल भएका थिए भने हाजिरजवाफ तर्फ समिप तिवारी, कृतिका पौडेल, निकेश भुजेल क्रमशः प्रथम, द्वितीय र तृतीय हुन सफल भएका थिए ।

Advertisement

कक्षा ११ र १२ तर्फ संचालित कार्यक्रममा नृत्य तर्फ सपना घोताने, शर्मिला तामाङ, प्रिया तिमिल्सिना क्रमशः प्रथम, द्वितीय र तृतीय हुन सफल भएका थिए भने नेपाली वक्तृत्वकलामा सुवास अधिकारी, सरु श्रेष्ठ, सृष्टि लामिछाने क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए । अंग्रेजी वक्तृत्वकलामा सरु श्रेष्ठ र दिपा गौचन क्रमशः प्रथम र द्वितीय भएका थिए । गायनतर्फ सपना घोताने, सुस्मिता गुरुङ र रविसा विक क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुन सफल विद्यार्थीलाई सिल्ड र प्रमणपत्र प्रदान गरिएको थियो भने गत वर्ष २०७४ सालको एकेडेमिक पुरस्कार पनि प्रदान गरिएको थियो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष टुबराज बास्तोलाको अध्यक्षता तथा शिक्षक धिराज आचार्य र विश्वास गुरुङ संयोजनमा भएको कार्यक्रम सञ्चालन अंग्रेजी शिक्षक जमुना अधिकारी नेपाली विषय शिक्षक यमप्रसाद पराजुली एवं कक्षा ९ मा अध्ययनरत छात्राद्वय सोनिया अधिकारी र सलिना बस्नेतले संयुक्त रुपमा संचालन गरेका थिए ।

तपाईको प्रतिक्रिया