लिटिल स्टेप माविमा बिदाइ

समाधान संवाददाता २०७५ चैत २१ गते १८:४३
लिटिल स्टेपमा बिदाइ

पोखरा, २१ चैत
लिटिल स्टेप माविमा ५३ जनाविद्यार्थीलाई बिदाइ गरिएको छ । विद्यालयले एसइई परीक्षा सकिएपछि उनीहरुलाई बिदाइ गरिएको शिक्षक चित्रबहादुर अधिकारीले जानकारी दिए ।
कार्यक्रममा संस्थापकनिर्देशकशेरबहादुर गुरुङ र संस्थापकप्रअ पम्फागुरुङले बिदाइ भए पनि विद्यार्थीको माया, शिक्षा र सद्भाव कायमै रहने बताए ।
विद्यार्थीलाई उच्चशिक्षा आर्जनमा प्रेरणा मिलोस् भन्दै अनुशासन, अध्ययनप्रतिको लगनशीलता र भविष्य प्रतिको चिन्ताले अगाडि बढ्न सहयोग पुग्नेमा जोड दिए ।कार्यक्रममामावि तहकोअर्डिनेटर ताराप्रसाद सुवेदी, विद्यालय कोअर्डिनेटर विनोद गिरी, विद्यार्थीरोशन सुवेदी लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया