पिसजोनमा विद्यार्थी बिदाइ

समाधान संवाददाता २०७५ चैत २१ गते १८:५३

पोखरा, २१ चैत

पिसजोन एकेडेमी सिमलचौरबाट एसइई दिएका विद्यार्थीलाई मायाको चिनोसहित बिदाइ गरिएको छ । विद्यालयका प्रमुख व्यवस्थापक तथा संस्थापक योगेन्द्र शर्मा दाहालले विद्यालयले दिएको नैतिक शिक्षालाई जीवनमा मार्गदर्शन बनाएर अघि बढ्न विद्यार्थीलाई सुझाव दिए ।

सहप्राचार्य मोतीलाल लामिछानेले विद्यालयमा सिकेका ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गरे । अभिभावक खेमबहादुर भण्डारीले विद्यालयले पाठ्यक्रममा मात्र सीमित नरही व्यावहारिक र नैतिक शिक्षा प्रदान गरेर सराहनीय कार्य गरेको बताए ।

Advertisement

कार्यक्रममा कक्षा ९ की सजनी शर्मा, बिदाइ भएका विद्यार्थीहरुसाइन खातुन, प्रनिश ढुंगाना,अमन घिमिरे,निखिल गुरुङ,संगम क्षेत्री,उत्सव गैरे, अमित भण्डारी, कार्यवाहक प्राचार्य अश्मि शर्मा र शिक्षक राजु भण्डारीले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया