रोकिएन सुन तस्करीः त्रिभुवन विमानस्थलबाट ६ किलो सुन बरामद

समाधान संवाददाता २०७५ चैत २२ गते १४:०३

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद भएको छ।

थाइ एयरवेजमार्फत् आएका भारतीय नागरिकको साथबाट सो सुन प्रहरीले बरामद गरी अनुसन्धान गरिरहेको बताइएको छ।

५ जना भारतीय नागरिकबाट ६ किलो सुन बरामद भएको प्रहरीले जनाएको छ।

Advertisement

तपाईको प्रतिक्रिया