तीन दिन पानी पर्ने, हिमाली भेगमा हिउँ पर्ने सम्भावना

समाधान संवाददाता २०७५ चैत २२ गते १४:२३

रासस, काठमाडाैं

पूर्वमा बनेको न्यून चापीय रेखा र स्थानीय वायुको प्रभावले आगामी तीन दिनसम्म देशभरि नै बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

गए रातिदेखि कमजोर रूपमा पूर्वमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको प्रभावले बदलीसँगै हल्कादेखि मध्यम वर्षा गराउने महाशाखाका मौसमविद् मञ्जु बासीले बताइन्।

Advertisement

उक्त प्रणली क्रमशः विकसित भई आगामी शनिबारसम्म कायम रहने बताइएको छ।

काठमाडौं उपत्यकामा आज दिउँसो केहीबेर मौसम खुला भई घाम लाग्नेछ र अन्य स्थानमा भने तत्काल मौसम सफा हुने अवस्था नरहेको मौसमविद् बासीले जानकारी दिइन्।

Advertisement

राति देशको पूर्वी र मध्य भूभागमा आंशिक बदली रही पश्चिमी भू–भागका एक–दुई स्थानमा मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको बताइएको छ।

शुक्रबार देशका मध्य भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

शुक्रबार देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको औंल्याइएको छ।

उच्च हिमाली भूभागहरूका केही स्थानमा मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव ८ डिग्री र अधिकमत तापक्रम २६ दशमलव ६ डिग्री सेल्सियस छ।

त्यस्तै, धनगढीको अधिकमत तापक्रम सबैभन्दा बढी ३५ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ।

तपाईको प्रतिक्रिया