बेनी र कुश्मामा मुक्तिनाथको शाखा

समाधान संवाददाता २०७५ चैत २२ गते १५:०६

समाधान संवाददाता
पर्वत

मुक्तिनाथ विकास बैंकले म्याग्दीको बेनी र पर्वतको कुश्मामा शाखा खोलेर कारोबार सञ्चालनमा ल्याएको छ । बेनी शाखाको उद्घाटन बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले गरे । कार्यक्रममा मेयर श्रेष्ठले बैंकको प्रगतिको कामना गर्दै बैंकिङ व्यवसाय प्रबद्र्धनको शुभकामना दिए ।

कुश्मा शाखाको उद्घाटन पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले गरे । सिडिओ ढकालले आगामी दिनमा बैंकले अझ गुणस्तरीय सेवा प्रदान गर्दे सामाजिक तथा आर्थिक विकासमा थप योगदान पुर्‍याउन सफल बनोस् भन्दै शुभकामना व्यक्त गरे ।

Advertisement

कार्यक्रमका बैंकका अध्यक्ष खीमप्रकाश मल्लले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराए ।

उनले विकास निर्माणका कार्यहरुमा बैंकले दिनुपर्ने तथा गर्नुपर्ने सहयोगको लागि सधैं तयार रहेको बताए । बैंकको व्यवसाय बृद्धिसँगै भावी दिनमा सामाजिक उत्तरदायित्वको कामलाई प्राथमिकताको रुपमा स्थानीय निकायसंग सहकार्य गरी अगाडि बढ्ने प्रतिवद्धता उनले जनाए ।

Advertisement

कार्यक्रममा बैंकका सञ्चालक समिति सदस्य चुडामणि कँडेल, क्षेत्रीय कार्यालय पोखराका प्रमुख बाबुराम ढकाल, स्थानीय जनप्रतिनिधि, व्यापारी, कर्मचारी, समाजसेवी तथा भद्रभलाद्मीहरुको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया