बेनी र कुश्मामा मुक्तिनाथको शाखा

समाधान संवाददाता
पर्वत
मुक्तिनाथ विकास बैंकले म्याग्दीको बेनी र पर्वतको कुश्मामा शाखा खोलेर कारोबार सञ्चालनमा ल्याएको छ । बेनी शाखाको उद्घाटन बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले गरे । कार्यक्रममा मेयर श्रेष्ठले बैंकको प्रगतिको कामना गर्दै बैंकिङ व्यवसाय प्रबद्र्धनको शुभकामना दिए ।
कुश्मा शाखाको उद्घाटन पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले गरे । सिडिओ ढकालले आगामी दिनमा बैंकले अझ गुणस्तरीय सेवा प्रदान गर्दे सामाजिक तथा आर्थिक विकासमा थप योगदान पुर्याउन सफल बनोस् भन्दै शुभकामना व्यक्त गरे ।
कार्यक्रमका बैंकका अध्यक्ष खीमप्रकाश मल्लले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराए ।
उनले विकास निर्माणका कार्यहरुमा बैंकले दिनुपर्ने तथा गर्नुपर्ने सहयोगको लागि सधैं तयार रहेको बताए । बैंकको व्यवसाय बृद्धिसँगै भावी दिनमा सामाजिक उत्तरदायित्वको कामलाई प्राथमिकताको रुपमा स्थानीय निकायसंग सहकार्य गरी अगाडि बढ्ने प्रतिवद्धता उनले जनाए ।
कार्यक्रममा बैंकका सञ्चालक समिति सदस्य चुडामणि कँडेल, क्षेत्रीय कार्यालय पोखराका प्रमुख बाबुराम ढकाल, स्थानीय जनप्रतिनिधि, व्यापारी, कर्मचारी, समाजसेवी तथा भद्रभलाद्मीहरुको उपस्थिति थियो ।








इन्जिनियरिङ पश्चिमाञ्चल क्याम्पसको प्रमुखमा डा. घिमिरे नियुक्त
एलिट ट्रफी क्रिकेट प्रतियोगिता ४ गतेदेखि हुने
म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान
उज्ज्वल सहकारीमा दोहोरिए नरेन्द्र
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया