क्योकुशिन बुदोकाइ संघमा बेलबहादुर थापा

समाधान संवाददाता
पोखरा
नेपाल क्युोकुशिन बुदोकाई कराँते संघ कास्कीको शाखाको ९ औँ वार्षिक साधरण सभा तथा ५ औँ अधिवेशनबाट बेलबहादुर थापा अध्यक्षमा चयन भएका छन् । उपाध्यक्षमा दानबहादुर क्षेत्री, सागर गीरी, सचिवमा सुरेशराज अधिकारी कोषाध्यक्ष सन्तोष श्रेष्ठ चयन भएका हुन ।
सदस्यमा निर्मलबहादुर केसी, चित्रण थापामगर, टुकदेवी पुन, सुमन प्रतेल, चन्द्रा जिम्मी चयन भएका छन् ।
कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालको संयोजकमा बनेको निर्वाचन कमिटिले सम्पुर्ण पदाधीकारीलाई सर्वसम्मत चयन गरेको हो ।
क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्नमान श्रेष्ठले क्योकुशिन बुदोकाई कराँते संघ कास्कीले खेलाडी उत्पादनको काम गरेको बताए । उनले संघबाट छनोट भएका खेलाडीले विदेशमा समेत पदक जितेर नेपालको नाम उच्च राखेको बताए । साहासी खेल भएको कारण नेपालमा क्युोकुशिन बुदोकाईको छवि उच्च रहेको श्रेष्ठको भनाई छ । क्योकुशिन बुदोकाई कराँतेका खेलाडी गण्डकी प्रदेशबाट ८ औँ राष्ट्रिय खेलकुदको लागि छानोट भएको बताए ।
साथै गण्डकी प्रदेशको तर्फबाट खेलाडीले पदक ल्याउने संभावना धेरै रहेको श्रेष्ठले जानकारी दिए । गत पुषमा क्युोकुशिन बुदोकाई संघले पठाएका खेलाडीले भारतमा भएको दक्षीण एशियाली स्तरीय खेलमा महिला खुल्ला र पुरुष खुल्लामा प्रथम भएका थिए । नेपाल क्योकुशिन बुदोकाई कराँते संघ कास्की केही खेलाडी अहिले हुन लागेको ८ ओैँ राष्ट्रिय खेलमा नेपाल प्रहरीको तर्फबाट भाग लिने भएका छन् ।
कार्यक्रममा निवर्तमान अध्यक्ष डाक्टर धर्मराज कोइरला, सचिव सुवास खड्का, नेपाल मुवा थाइ संघ कास्की शाखाका अध्यक्ष अब्राम खान लगायतका भनाई राखेका थिए ।
पृथ्वी नारायण क्याम्पस डोजो, लेखनाथ डोजो, बागमारा, डोजो, रंगशा लगायका डोजोमा आवद्ध भएर हाला क्युोकुशिन बुदोकाई कराँते संघमा आवद्ध रहेका कम्तीमा २ सय खेलाडीले प्रशिक्षण गदै आएका छन् ।
नेपाल क्युोकुशिन बुदोकाई कराँते संघ कास्की २०६६ सालमा स्थापन भएको थियो । कास्की जिल्लाका सवै स्थानीय तहमा संघले डोजो स्थापाना गर्ने योजनाको साथ अगाडी बढेको छ ।
साथै गण्डकी प्रदेशको तर्फबाट खेलाडीले पदक ल्याउने संभावना धेरै रहेको श्रेष्ठले जानकारी दिए । गत पुषमा क्युोकुशिन बुदोकाई संघले पठाएका खेलाडीले भारतमा भएको दक्षीण एशियाली स्तरीय खेलमा महिला खुल्ला र पुरुष खुल्लामा प्रथम भएका थिए । नेपाल क्योकुशिन बुदोकाई कराँते संघ कास्की केही खेलाडी अहिले हुन लागेको ८ आँै राष्ट्रिय खेलमा नेपाल प्रहरीको तर्फबाट भाग लिने भएका छन् ।
कार्यक्रममा निवर्तमान अध्यक्ष डाक्टर धर्मराज कोइरला, सचिव सुवास खड्का, नेपाल मुवा थाइ संघ कास्की शाखाका अध्यक्ष अब्राम खान लगायतका भनाई राखेका थिए ।
पृथ्वी नारायण क्याम्पस डोजो, लेखनाथ डोजो, बागमारा, डोजो, रंगशा लगायका डोजोमा आवद्ध भएर हाला क्युोकुशिन बुदोकाई कराँते संघमा आवद्ध रहेका कम्तीमा २ सय खेलाडीले प्रशिक्षण गदै आएका छन् ।
नेपाल क्युोकुशिन बुदोकाई कराँते संघ कास्की २०६६ सालमा स्थापन भएको थियो । कास्की जिल्लाका सवै स्थानीय तहमा संघले डोजो स्थापाना गर्ने योजनाको साथ अगाडी बढेको छ ।
तपाईको प्रतिक्रिया