बेरोजगार तथ्यांक संकलन

समाधान संवाददाता २०७५ चैत २३ गते १४:०९

बागलुङ, ताराप्रसाद शर्मा

बागलुुङका ८ स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि बेरोजगारको तथ्यांक संकलन सुुरु भएको छ । नागरिकलाई न्यूनतम रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्यसहित सुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि बागलुुङको बागलुुङ नगरपालिका, गलकोट नगरपालिका ढोरपाटन नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका, ताराखोला गाउँपालिका, तमानखोला गाउँपालिका र बरेङ गाउँपालिकामा बेरोजगारको तथ्यांक संकलन सुरु गरिएको हो ।

बडिगाड गाउँपालिका र निसीखोला गाउँपालिका भने रोजगार संयोजक खटाउन नसक्दा तथ्यांक सुुरु नभएको बडिगाड गाउँपालिकाका प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुुवेदीले जानकारी दिए । बडिगाड र निसीखोला बाहेक अन्य स्थानीय तहको सबै वडा कार्यालयमा निवेदन पठाएर बेरोजगार हुुनेको तथ्यांक संकलन सुुरु गरिएको गलकोट नगरपालिकाका रोजगार संयोजक सञ्जुु शर्माले जानकारी दिइन् ।

Advertisement

ताराखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तोपलाल भुुषालले चैत मसान्तसम्म बेरोजगारले वडा कार्यालयमा पुगेर निवेदन फारम भर्न पाउने बताए । वडाबाट आएका सूची गाउँ कार्यपालिकाले पास गरेपछि रोजगार व्यवस्थापन सूचना प्रणालीमार्फत् सम्बन्धित मन्त्रालयमा रेकर्ड हुने छ ।
सूचीकृत भएका व्यक्तिलाई सेवा केन्द्रले लाभग्राहीको परिचयपत्र वितरण गर्ने गलकोट नगरपालिकाका रोजगार संयोजक सञ्जुु शर्माले बताइन् । प्रत्येक वडा कार्यालयमार्फत् संकलन भएका बेरोजगार हुनेको विवरण देशभरिबाट नै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको विभागमा अद्यावधिक हुने बताइएको छ ।

बेरोजगार सूचीमा दर्ता हुन आएका व्यक्तिलाई योग्यता, सीप, दक्षता अनुसार सामाजिक विकास निर्माणको कार्यमा खटाउने सरकारको योजना छ । न्यूनतम रोजगारीमा संलग्न भई सार्वजनिक विकास निर्माणका काममा योगदान गर्न इच्छुक बेरोजगार व्यक्तिले तोकिएको ढाँचामा निवेदन दिन सक्ने छन् ।
कार्यक्रममा सहभागी हुनका लागि १ सय दिन पनि रोजगारमा संलग्न नभएको वा कम्तीमा त्यस अनुरुपको आयआर्जन गर्न नसक्ने १८ देखि ५९ वर्षसम्म उमेर समूहकाले फारम भर्न सक्ने छन् । लाभग्राहीको परिचयपत्र पाएका तर न्यूनतम कामसमेत नपाएका व्यक्तिलाई जीवन निर्वाह भत्ता सरकारले उपलब्ध गराउने भएको छ । परिवारको कुनै १ सदस्यले न्यूनतम रोजगारी नपाएको खण्डमा मात्र भत्ता दावी गर्न सक्ने छन् ।

Advertisement

तपाईको प्रतिक्रिया