दम्पतीले दिए एम्बुलेन्स उपहार

समाधान संवाददाता २०७५ चैत २३ गते १४:११

स्याङ्जा, अर्जुन काफ्ले

अर्जुनचौपारी गाँउपालिकामा एक दम्पतीले एम्बुलेन्स उपहार दिएका छन् । उपहार पाएसँगै खुसी भएका स्थानीयले सम्पतीलाई स्वागत तथा सम्मान गरे । बिरामी हुँदा अस्पताल जान समस्या भोग्दै आएका यहाँका स्थानीयले एम्बुलेन्स पाएपछि खुसी देखिएका हुन् । बिरामी हुँदा एम्बुलेन्सको अभाबमा उपचार नपाई घर लैजादै गर्दा बाटोमा मृत्यु तथा अन्य सवारी साधनमा लादा धेरै खर्च खर्चनु पर्नेमा सहज भएको स्थानीय मोहन अधिकारीले बताए ।

२४ वर्षदेखि जापानमा बस्दै आएका सुकबहादुर केसी र हिरा केसीले गाँउपालिकालाई एम्बुलेन्स उपहार प्रदान गरेका हुन् । केसी दम्पतीले गाँउपालिका प्रमुख दीर्घनारायण अर्याललाई एम्बुलेन्स साँचो हस्तान्तरण गरे । एम्बुलेन्स नहँुदा ग्रामीण क्षेत्रका स्थानीयलाई आकास्मिक सेवाका बिरामीलाई उपचारमा कठिनाई भएको थियो । सहयोगस्वरुप एम्बुलेन्स प्रदान गरेका दाता सुकबहादुर केसीले बताए । उनले आफू यही जन्मेको जानकारी दिँदै मानव जीवनको रक्षा र स्वास्थ्य पहुँच विस्तार गर्न सहयोग गरेको बताए । सबै भन्दा बढी पीडा सुत्केरी हुन नसकेका महिलामा पर्ने भएको भन्दै एम्बुलेन्स सहयोग गरेकी हिरा केसीले अब अकालमै ज्यान जाने समस्याको अन्त्य भएको बताइन् । उनले गाँउपालिकामा एम्बुलेन्स नभएका अवस्थामा आफूले दिएको एम्बुलेन्सको सही सदुपयोग गर्न स्थानीयलाई अनुरोध गरिन् ।

Advertisement

हस्तान्तरण सभामा गाउँपालिका प्रमुख दीर्घनारायण अर्यालले एम्बुलेन्स गाँउपालिकाको गहना भएको बताए । उनले पूर्ण सदुपयोगसँगै गाँउपालिकावासीलाई २४ सै घण्टा सेवा दिने बताए ।

कच्ची सडक सञ्जाल पुगेको भए पनि गाउँपालिका ग्रामीण क्षेत्र भएकाले एम्बुलेन्स सेवाले गाँउपालिकावासीको अकालमै मृत्यु नहुने गाउँपालिका उपाध्यक्ष चिनमाया गुरुङले बताइन् । उनले गाँउपालिकाले किन्नु पर्ने एम्बुलेन्स केसी परिवारबाट प्राप्त भएको भन्दै स्थानीयका लागि राहत भएको प्रतिक्रिया दिइन् ।

Advertisement

केसी दम्पतीले १२ लाख रुपैयाँमा एम्बुलेन्स खरिद गरेर गाँउपालिकालाई हस्तान्तरण गरेका हुन् । गाँउपालिकाले सञ्चालन गर्ने एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउन प्रमुख प्रसासकीय अधिकृत पुरन गुरुङले जिल्ला प्रशासन कार्यालय स्याङ्जाले तोकेको दररेटमा सेवा प्रदान गर्ने बताए । उनले गाउँपालिकाले गरिब, अपांग, वृद्धलाई निशुल्क तथा प्रशासनले तोकेको भन्दा कम दरमा एम्बुलेन्स सेवा प्रदान गर्ने बताए ।

तपाईको प्रतिक्रिया