चण्डिकाको ३३ औं वार्षिकोत्सव

पोखरा,
चण्डिका आधारभूत विद्यालय मादी ५ बयरघारीले ३३ औं वार्षिकोत्सव शनिबार मनाएको छ । त्यस अवसरमा लायन्स क्लब अफ समर्पणले उक्त विद्यालयका विद्यार्थीलाई वर्षभरलाई पुग्ने शैक्षिक सामग्री हस्तान्तरण ग¥यो ।
विद्यालयका प्रधानाध्यापक जमानबहादुर गुरुङले वार्षिक प्रतिवेदन पेस गरे । मादी गापा उपाध्यक्ष विष्णुमाया आचार्यले विद्यालयमा शौचालय निर्माणका लागि ७ लाख रुपैयाँको योजना परेको जानकारी दिइन् । उनले भविष्यमा पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । वर्षभरिका परीक्षा र विभिन्न प्रतियोगितामा उत्कृष्ट भएका विद्यार्थीलाई उक्त अवसरमा पुरस्कार हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा मादी ५ का वडाध्यक्ष रतनबहादुर गुरुङ, वडा नम्बर ७ का अध्यक्ष लालबहादुर गुरुङ, लायन्स क्लब पूर्व डिस्ट्रिक गभर्नर योगेन्द्रबहादुर प्रधान, समर्पण लायन्सकी अध्यक्ष मीना लाभाजु, शिक्षकद्वय देवीकुमारी गुरुङ र खिमलाल बास्तोला, विद्यार्थी सरीता नेपाली, लायन जयराज तिमिल्सिना लगायतले बोलेका थिए । विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।









गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
पोखरा कलेजमा तालिम
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया