चण्डिकाको ३३ औं वार्षिकोत्सव

पोखरा,
चण्डिका आधारभूत विद्यालय मादी ५ बयरघारीले ३३ औं वार्षिकोत्सव शनिबार मनाएको छ । त्यस अवसरमा लायन्स क्लब अफ समर्पणले उक्त विद्यालयका विद्यार्थीलाई वर्षभरलाई पुग्ने शैक्षिक सामग्री हस्तान्तरण ग¥यो ।
विद्यालयका प्रधानाध्यापक जमानबहादुर गुरुङले वार्षिक प्रतिवेदन पेस गरे । मादी गापा उपाध्यक्ष विष्णुमाया आचार्यले विद्यालयमा शौचालय निर्माणका लागि ७ लाख रुपैयाँको योजना परेको जानकारी दिइन् । उनले भविष्यमा पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । वर्षभरिका परीक्षा र विभिन्न प्रतियोगितामा उत्कृष्ट भएका विद्यार्थीलाई उक्त अवसरमा पुरस्कार हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा मादी ५ का वडाध्यक्ष रतनबहादुर गुरुङ, वडा नम्बर ७ का अध्यक्ष लालबहादुर गुरुङ, लायन्स क्लब पूर्व डिस्ट्रिक गभर्नर योगेन्द्रबहादुर प्रधान, समर्पण लायन्सकी अध्यक्ष मीना लाभाजु, शिक्षकद्वय देवीकुमारी गुरुङ र खिमलाल बास्तोला, विद्यार्थी सरीता नेपाली, लायन जयराज तिमिल्सिना लगायतले बोलेका थिए । विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।








कास्की क्षेत्र नम्बर २ मा रास्वपाबाट उत्तम पौडेलको उम्मेदवारी दर्ता
देशभर २ हजार ९२५ उम्मेदवारी दर्ता, ३३६ महिला चुनावी मैदानमा
कास्की क्षेत्र नम्बर १ मा कांग्रेस, एमाले र रास्वपासहित १७ जनाको उम्मेदवारी दर्ता
म्याग्दीमा महावीर पुनसहित १३ जनाको उम्मेदवारी दर्ता, चुनावी माहोल तातियो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया