ट्रेड युनियन कांग्रेस शुक्ला गण्डकीमा नारायण

समाधान संवाददाता २०७५ चैत २४ गते १३:५५

समाधान संवादाता, दुलेगौंडा

Advertisement

नेपाल ट्रेड युनियन कांग्रेस शुक्लागण्डकी नगरपालिकाको प्रथम अधिवेशनबाट नारायण पोख्रेल सर्वसम्मतअध्यक्षमा निर्वाचित भएका छन् ।
ट्रेड युनियन कांग्रेस उपाध्यक्ष शिवराज घिमिरे, देवी न्यौपाने, सचिव राधिका गौतम, कोषाध्यक्ष प्रदीप मल्ल, सहसचिव सुनील पाठक छन् । सदस्यमा कदण्डबहादुर केसी, नवराज बस्ताकोटी, सुरेन्द्रकुमार ठाकुर, गीता कार्की, खड्कबहादुर विक, सीता गीरी, धर्मेन्द्र पट्टेल चयन भएका छन् ।

शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङले वर्तमान समयमा श्रमिकले विभिन्न समस्या भोग्न बाध्य रहेको बताउँदै समस्या समाधानमा पहल गर्न नयाँ नेतृत्वलाई आग्रह गरे । नवनिर्वाचित अध्यक्ष पोख्रेलले श्रमिकको अधिकारका निम्ति सिंगो ट्रेड युनियन कांग्रेस संघर्ष गर्न तयार रहेको उल्लेख गरे ।

Advertisement

तपाईको प्रतिक्रिया