आलु महोत्सवमा सांस्कृतिक कार्यक्रम

समाधान संवाददाता २०७५ चैत २४ गते १४:१०

समाधान संवाददाता, पोखरा

पोखरा २५ हेमजाको विष्णुपादुका क्लवको आयोजनामा शुक्रबारदेखि सुरु दशौं राष्ट्रिय हेमजा आलु महोत्सवमा भएका विभिन्न गतिविधिमा दर्शक रमाएका छन् । शनिबार आयोजित कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोषनारायण पौडेलले महोत्सवले पोखराको कृषि पर्यटनमा टेवा पु¥याएको बताए । उनले आधुनिक तथा सामूहिक कृषि प्रणालीबाटै आर्थिक क्रान्ति सम्भव भएको औँल्याए ।

महानगरपालिकाकृषि महाशाखा प्रमुख मनहर कँडरियाले पहिला हेमजासुन्तलाको पकेट क्षेत्र रहेको स्मरण गर्दै आलुको पहिचान पनि त्यसरी नै संकटमा पर्ने त होइन भनी चिन्ता व्यक्त गरे । उनले आलु ग्रेडिङ गरी बिक्री, वितरण गर्न हेमजावासीलाई सुझाव दिए । शुक्रबार भएको झाँकी ¥यालीमा माछापुच्छे« सेवा समाज प्रथम, बहुउद्देश्यीय किसान सहकारी द्वितीय, देवीस्थान कृषि सहकारी तृतीय साथै देवीस्थान भजन समूह, दियालो कृषि सहकारी, लामाचौतारा खुट्टेगौँडा टोल विकास संस्था, सिद्धिविनायक आमा समूह, नेवा खल हेमजा, नवजागरण आमा समूह र नमूना आमा समूह सान्त्वना भएका छन् ।

Advertisement

महोत्सव अन्तर्गत शनिबार लोकदोहोरीतर्फ कलाकार जीवन दाहाल, तारापति सुवेदी, टेक क्षेत्री, सविना गुरुङ, माया गुरुङ, कमला गैरे र समीक्षा अधिकारी, हास्यतर्फ युवराज भण्डारी र राजेन्द्र नेपालीले दर्शकलाई मनोरञ्जन दिएका थिए ।रत्यौली प्रतियोगिता शनिबारदेखि नै सुरु भएको छ भने आइतबारदेखि राष्ट्रिय कृषि दोहोरी गीत प्रतियोगिता सुरु हुने सांस्कतिक उपसमिति संयोजक सूर्यबहादुर कुँवरले जानकारी दिए । महोत्सवमा शनिबारसम्म ५० क्विन्टल आलुको कारोबार भएको झाँकी ¥याली व्यवस्थापन समितिका सदस्य जयराम तिमिल्सिनाले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया