संगम र सुगमको संदेश–च्याउ जस्तै नउम्रौं, बलियो सस्था बनौं

समाधान संवाददाता २०७५ चैत २४ गते १४:१८

समाधान संवाददाता
पोखरा, २३ चैत
पोखरा १५ मा रहेको संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेड र पोखरा ४ मा रहेको सुगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडबीच शनिबार एकीकरण भएको छ । एकीकरणपछि सहकारीको नाम संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेड राखिएको छ ।

कास्की जिल्लाभरी कार्य क्षेत्र भएको संगमका २ हजार ५ सय ६३ सेयर सदस्य थिए । पोखरा महानगरका ५ वडा कार्य क्षेत्र रहेको सुगमका ८ सय २४ समेत गरी सहकारीका सेयर सदस्य ३ हजार ३ सय ८७ पुगेको छ । अब सहकारीको सेयर पुँजी ९ करोड ४ लाख ७७ हजार ३ सय रुपैयाँ पुगेको छ ।

संगमको शुक्रबारसम्मको सेयर पुँजी ७ करोड ३ लाख ७३ हजार ४ सय रुपैयाँ रहेकोमा सुगमको सेयर पुँजी २ करोड १ लाख ३ हजार ९ सय रुपैयाँ थियो । संगम सहकारी अध्यक्ष निरज थापाले एकीकरणपश्चात सहकारीको कर्जा लगानी बढेर ३० करोड १८ लाख ७८ हजार १ सय ६५ रुपैयाँ पुगेको जानकारी दिए । संगमको कर्जा लगानी २६ करोड ८ लाख ५५ हजार ४ सय ८२ रुपैयाँ र सुगमको कर्जा लगानी ४ करोड १० लाख २२ हजार ६ सय ८३ रुपैयाँ थियो ।

Advertisement

विशेष साधारणसभा तथा एकीकरण घोषणा सभामा सहकारीको बचत संकलन २८ करोड २८ लाख ९३ हजार ५ सय ३४ रुपैयाँ पुगेको सहकारीका वरिष्ठ व्यवस्थापक अपिल कोइरालाले जानकारी दिए । संगमको बचत संकलनतर्फ २५ करोड ६८ लाख ६१ हजार १ सय ५३ रुपैयाँ रहेकोमा सुगमको २ करोड ६० लाख ३२ हजार ३ सय ८० रुपैयाँ थियो । मर्जपछि सहकारीको आम्दानी ३ करोड ४० लाख ९६ हजार १ सय १७ रुपैयाँ पुगेको छ । सञ्चालन नाफा १ करोड ३१ लाख ९४ हजार ७४ रुपैयाँ पुगेको वरिष्ठ व्यवस्थापक कोइरालाले बताए ।

सहकारीको जगेडा तथा अन्य कोषमा २ करोड ७८ लाख ४२ हजार ९ सय ४६ रुपैयाँ छ । सहकारीको स्थिर सम्पत्ति १५ लाख १ हजार ७ सय ५० रुपैयाँ पुगेको छ । सहकारीका बैंक तथा नगद मौज्दात ११ करोड १० लाख २ हजार ८ सय ९४ रुपैयाँ छ । ४२ करोड ३ लाख २२ हजार ६ सय ३२ रुपैयाँ वासलात रहेको सहकारीको खर्च २ करोड ९ लाख २ हजार ४२ रुपैयाँ छ ।

Advertisement

दुबै सहकारीको साधारणसभापछि भएको विशेष साधारणसभाबाट अध्यक्षमा निरज थापा, उपाध्यक्षमा नवराज तिवारी, सचिवमा धनराज पुरी, कोषाध्यक्षमा बुद्धिमान थापा चयन भएका छन । सञ्चालक समिति सदस्यमा तोयनाथ भट्टराई, विष्णुकुमारी थापा, सुवासचन्द्र भण्डारी, भरतबहादुर थापा र शान्तराज गुभाजु रहेको निर्वाचन समिति संयोजक दयाराम गौतमले जानकारी दिए । सभाबाट लेखा समिति संयोजकमा भोविन्द्र गिरी र सदस्यमा दोलबहादुर थापा र धर्मदत्त पौडेल चयन भएका छन् ।

गण्डकी प्रदेशका प्रमुख बाबुराम कँुवरले सहकारीका गतिविधिले सामाजिक न्याय र समाजको रुपान्तरणमा सहयोग पुगेको बताए । सामूहिक स्वार्थका लागि सहकारी स्थापना भएको उल्लेख गर्दै उनले प्रतिफल पनि सामूहिक रुपमा पाउनुपर्ने धारणा राखे ।

भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय उपसचिव बद्रीनाथ अधिकारीले सहकारीले ३० प्रतिशतका दरले उत्पादनमा लगानी गर्नुपर्ने बताए । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संस्था लि(नेफ्स्कुन)का सञ्चालक तथा गण्डकी प्रदेश संयोजक भीम गुरुङले संस्था सहकारीलाई एकीकृत, सवल र सक्षम बनाउने अभियानमा रहेको जानकारी दिए । ‘सहकारी मर्ज गरेपछि सेवा केन्द्र थप गर्न पाउनु पर्छ,’ उनले भने, ‘करमा छुट र सुविधा पाउनु पर्छ । त्यस्ता सहकारीले कार्यक्षेत्र विस्तार गर्न पाउनु पर्छ ।’ उनले जागरण, विकास, व्यवसायीकरण, स्तरीकरण र एकताका चरणमध्ये नेपालका सहकारी व्यवसायीकरणको चरणमा रहेको तर्क गरे ।

कार्यक्रममा पोखरा महानगरपालिका सहकारी व्यवस्थापन समितिका अध्यक्ष तेजनारायण अधिकारी, जिल्ला सहकारी संघ कास्की उपाध्यक्ष बलराम गौतम, कास्की बचत तथा ऋण सहकारी संघ सचिव दीपकप्रकाश आचार्य, हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष शिवप्रसाद सापकोटा, सहकारीका अध्यक्ष नीरज थापा, सुगम सहकारीका अध्यक्ष कृष्णप्रसाद ढकाल, संगम सहकारीका उपाध्यक्ष नवराज तिवारी, सचिव धनराज पुरी, सुगम सहकारीका सहसचिव लक्ष्मी न्यौपाने, एकीकरण कार्यदल संयोजक बाबुराम बराल, निर्वाचन संयोजक दयाराम गौतम, सेयर सदस्यहरु सुशीलराज पराजुली, ऋषिराम काफ्ले लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया