विप्लव समुह प्रति निर्मम बन्न गृहमन्त्रीको निर्देशन

समाधान संवाददाता २०७५ चैत २४ गते १९:३९

समाधान सम्वाददाता, पोखरा ।

गृहमन्त्री रामबहादुर थापाले हतियार उठाएर देशको शान्ति खल्बल्याउने प्रति निर्मम ढंगले प्रस्तुत हुन मातहतका निकायलाई निर्देशन दिएका छन् । शनिबार र आइतबार पोखरामा गृह मन्त्रालयले आयोजना गरेको गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री थापाले जुनसुकै वाहनामा पनि शान्ति सुरक्षा भंग गर्ने समूहलाई तत्काल नियन्त्रणमा लिएर कारवाही गर्न सुरक्षा निकायलाई निर्देशन दिएका हुन ।

सरकारले विप्लब समुहलाई प्रतिबन्धित संगठन घोषणा गरेको छ । शसस्त्रको विद्रोहको तयारी भन्दै फेरि चन्दा आतंक मच्चाएको सुचनाका आधारमा सो समुहलाई प्रतिबन्ध लगाएको हो । प्रतिबन्ध् लगाएपछि देशभरीबाट सायौंको संख्यामा विप्लब समुहका नेता कार्यकर्ता पक्राउ परेका छन् ।

Advertisement

क्षेत्रीय सुरक्षा गोष्ठीमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुह सहित उच्च सुरक्षा अधिकारीको उपस्थिति थियो ।

उपस्थित सुरक्षा अधिकारीले दुर्गम क्षेत्रमा चन्दा मागेर धम्काउने प्रयत्न भैरहेको गुनासो गरेका थिए । सुरक्षा प्रमुहरुको कुरा सुनेपछि गृहमन्त्री थापाले निर्ममता पूर्वक कारवाही अघि बढाउन निर्देशक दिएका हुन ।

Advertisement

तपाईको प्रतिक्रिया