ट्रक चालकको चरम लापरवाहीः देख्दादेख्दै बाइकमाथि टायर चढाए

समाधान संवाददाता २०७५ चैत २५ गते ११:४१

समाधान संवाददाता

पोखरा १४ चाउँथेस्थित विजयपुर ओरालोमा ट्रकले मोटरसाइकलाई किच्दा एक घाइते भएका छन् ।

ग १ख ६७६७ नम्बरको सार्वजनिक मालबाहक ट्रकले ग९प ६००३ नम्बरको मोटरसाइकललाई सडकमा रोकिरहेको अवस्थामा कुल्चिदा बाँझापाटन निवासी ३१ वर्षीय नरबहादुर विक घाइते भएका हुन् ।

Advertisement

घाइते विकको बाँया खुट्टा र दुवै हातमा ठूलो चोट देखिन्छ । सामुदायिक प्रहरी सेवा केन्द्र लेखनाथको सहयोगमा उपचारको लागि सिर्जनाचोक स्थित मेट्रो सिटी अस्पताल पुर्‍याइएको छ ।

घाइते विकले आफू रोकिरहेको अवस्थामा ट्रकले अनियन्त्रित किसिमबाट टर्निङ लिँदा आफूलाई कुल्चिएको बताएका छन् । ‘सडक छेउमै थिएँ । ट्रकले देख्दादेख्दैँ बाइक माथि अगाडीको टायर चढायो,’ उनले भने ।
घटनास्थलमा ट्राफिक एवं प्रहरीको टोली पुगी ट्रक तथा चालकलाई नियन्त्रणमा लिइसकेको छ ।

तस्बिरः ईश्वर देवकोटा,समाधान

Advertisement

तपाईको प्रतिक्रिया