रुपामा कुक तथा कडाइ तालिम
समाधान संवाददाता
२०७५ चैत २५ गते १४:३७

समाधान संवाददाता, पोखरा
पोखरा प्राविधिक शिक्षालयको आयोजना, रुपा गाउँपालिका वडा नं. ६ र ध्रुवतारा क्लबको संयोजनमा निशुल्क कमर्सियल कुक र हाते कडाइ तालिम शुक्रबार सुरु भएको छ ।
कार्यक्रममा रुपा गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङले गाउँपालिकाको पर्यटन विकासलाई टेवा पुर्याउने हेतुले यहाँको समुदायलाई उद्यमी बनाउन तालिमको आयोजना गरिएको बताइन् । सिटिइभिटी पोखरा प्रमुख जीवन भण्डारीले प्रशिक्षार्थीले व्यवहारिक सीपलाई महत्वपूर्ण रुपले ग्रहण गर्नुपर्ने बताए । ६५ दिनसम्म चल्ने तालिममा ६० जनाको सहभागिता छ ।
क्लब अध्यक्ष प्रेमकुमार खड्काले तालिमलाई उपलब्धिमूलक बनाउन सहभागीको सक्रियताको अपेक्षा गरे । रुपा ६ का वडाध्यक्ष नारायण गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा क्लब उपाध्यक्ष त्रीविक्रम केसी र सचिव मोहमद मियाँले पनि बोलेका थिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया