रुपामा कुक तथा कडाइ तालिम
समाधान संवाददाता
२०७५ चैत २५ गते १४:३७

समाधान संवाददाता, पोखरा
पोखरा प्राविधिक शिक्षालयको आयोजना, रुपा गाउँपालिका वडा नं. ६ र ध्रुवतारा क्लबको संयोजनमा निशुल्क कमर्सियल कुक र हाते कडाइ तालिम शुक्रबार सुरु भएको छ ।
कार्यक्रममा रुपा गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङले गाउँपालिकाको पर्यटन विकासलाई टेवा पुर्याउने हेतुले यहाँको समुदायलाई उद्यमी बनाउन तालिमको आयोजना गरिएको बताइन् । सिटिइभिटी पोखरा प्रमुख जीवन भण्डारीले प्रशिक्षार्थीले व्यवहारिक सीपलाई महत्वपूर्ण रुपले ग्रहण गर्नुपर्ने बताए । ६५ दिनसम्म चल्ने तालिममा ६० जनाको सहभागिता छ ।
क्लब अध्यक्ष प्रेमकुमार खड्काले तालिमलाई उपलब्धिमूलक बनाउन सहभागीको सक्रियताको अपेक्षा गरे । रुपा ६ का वडाध्यक्ष नारायण गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा क्लब उपाध्यक्ष त्रीविक्रम केसी र सचिव मोहमद मियाँले पनि बोलेका थिए ।
सम्बन्धित








जेन जी आन्दोलनमा कारागारबाट भागे, पटकपटक चोर्दै हिँडे र पक्राउ परे
पर्यटन प्रवद्र्धनसँगै पोखरा महोत्सवको प्रचार सुरु
निर्वाचन आयोगको प्रतिवेदन पेस
टेवानमा सचेतना
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया