१२ दलित महिलालाई क्रिस्टल तालिम
समाधान संवाददाता
२०७५ चैत २५ गते १५:२५
समाधान संवाददाता
पर्वत
कुस्मा नगरपालिका वडा नम्बर ४ का १२ जना महिलालाई क्रिस्टल बनाउने आधारभूत तालिम दिइएको छ । घरेलु तथा साना उद्योग विकास समिति पर्वतले दलित महिलालाई १५ दिने तालिम सञ्चालन गरेको हो ।
सहभागीहरु चुरापोते, हार, औंठी, नौगेढी, टप लगायतका सामग्री निर्माण गर्न सक्षम भएको प्रशिक्षक खुस्बु झाले बताइन् । यो काम घरमै बसेर कम लगानीमा गर्न मिल्ने उनले बताइन् ।
घरेलु तथा साना उद्योग विकास समिति पर्वत विष्णुप्रसाद न्यौपानलेले यस्ता तालि स्थानीय सरकारसँग समन्वय गर्दै जिल्लाभर सञ्चालन गरेको बताए । वडाध्यक्ष मिना कर्माचार्यले तालिमबाट आत्मनिर्भर बन्न आग्रह गरिन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया