मलेसियामा बस दुर्घटना, पाँच नेपालीकाे मृत्यु

समाधान संवाददाता २०७५ चैत २५ गते १७:०४

एजेन्सी

मलेसियामा आइतबार राति बस दुर्घटनामा परी पाँच नेपालीको मृत्यु भएको छ।

मलाया मेल समाचारपत्रका अनुसार काममा जान लागेका विदेशी कामदार बोकेको बस राति ११ बजे सेपाङ क्षेत्रमा नालीमा खसेर दुर्घटना हुँदा ११ जनाको ज्यान गएको हो।

Advertisement

दुर्घटनामा परी मलेसियाका बस ड्राइभरसहित ३ इन्डोनेसियन र २ बंगालदेशी कामदारको पनि ज्यान गएको छ।

बसले ४३ यात्रु बोकेको थियो। बस एकदमै सजिलो ठाउँमा दुर्घटनामा परेका मलेसियाली अधिकारीहरूले जनाएका छन्। दुर्घटनाको कारणबारे खुलेको छैन।

Advertisement

दुर्घटनामा कुन देशका कति कामदार घाइते भए भन्ने खुलाइको छैन।

परराष्ट्र मन्त्रालयले बसमा १३/१४ जना नेपाली कामदार चढेको बुझिए पनि थप जानकारी आउन बाँकी रहेको बताएको छ। 

‘दूतावासका कर्मचारी दुर्घटना भएको ठाउँमा जानुभएको छ। कति जनाको मृत्यु भयो भन्ने एकिन विवरण आउन बाँकी छ,’ परराष्ट्र प्रवक्ता भरत पौडेलले भने। 

तपाईको प्रतिक्रिया