मन्त्री अधिकारी सवार हेलिकप्टर दुर्घटना छानबिन गर्न आएको फ्रेञ्च टोली हेलिकप्टरको मूख्य उपकरण नपाएपछि फिर्ता, अनुसन्धान नै प्रभावित

समाधान संवाददाता २०७५ चैत २५ गते १७:१७
(190227) -- TAPLEJUNG, Feb. 27, 2019 (Xinhua) -- Photo taken on Feb. 27, 2019 shows the crash site of the aircraft in Taplejung, Nepal. All seven people onboard were confirmed dead, including Nepal's Tourism Minister Rabindra Adhikari, in a helicopter crash in Taplejung district of eastern Nepal Wednesday afternoon, Spokesperson of Nepal Police Uttam Raj Subedi confirmed. (Xinhua)

काठमाडौं,

ताप्लेजुङमा तत्कालीन संस्कृति, पयर्टन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको ज्यान जानेगरी भएको हेलिकप्टर दुघर्टनाको अनुसन्धान नै प्रभावित भएको छ ।

ल्यावमा परीक्षण गर्नुपर्ने मुख्य उपकरण नै घटनास्थलमा नभेटिएकाले अनुसन्धान पूर्ण हुन नपाएको हो ।

Advertisement

गएको फागुन १५ गते एअर डाइनेष्टीको हेलिकप्टर ताप्लेजुङमा दुर्घटना हुँदा तत्कालीन पर्यटनमन्त्री अधिकारीसहित सात जनाको ज्यान गएको थियो । १५ गते बेलुकी नै बसेको मन्त्रिपरिषद्को बैठकले पूर्व सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा सहायक रथी दीपक बास्तोला, क्याप्टेन प्रमोद लामा र पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्य रहेको छानबिन समिति गठन गरेको थियो ।

छानबिन समितिलाई सघाउन फ्रान्सबाट टोली नेपाल आएको थियो । टोलीले छानबिन समितिसँगै सहकार्य गरेर अनुसन्धानमा सघाए पनि ल्याब परीक्षणको लागि आवश्यक दुघर्टनाग्रस्त हेलिकप्टरको एक मुख्य उपकरण नै नभेटिएकाले टोली फिर्ता गएको छ ।

Advertisement

समितिले एकपटक ताप्लेजुङ पुगेर घटनास्थलमा भेटिएका हेलिकप्टरका पाटपूर्जा ल्याएर आएको छ । तर ल्याब परीक्षणको लागि चाहिने दुर्घटनाग्रस्त हेलिकप्टरको उपकरण नै नभेटिएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सहसचिव तथा समितिका सदस्य बुद्धिसागर लामिछानेले जानकारी दिनुभयो ।

‘हामीले अनुसन्धान त गरिरहेका छौं, काम रोकेका छैनौं, तर ल्याबमा परीक्षणको लागि जुन सामान चाहिने हो त्यो पाउन सकेका छैनौं’ सहसचिव लामिछानेले भन्नुभयो, ‘हामीले पहिलो लटमा ताप्लेजुङ पुगेर केही सामग्री ल्यायौं, तर परीक्षणको लागि चाहिने बस्तु भेटिएन त्यसैले फेरि खोजेर थप मेहनत आवश्यक देखिएको छ ।’ हराएको उपकरण ल्याबमा परीक्षण गरेपछि हेलिकप्टरका तथ्यांक र दुघर्टनाका बेलामा भएको संवाद तथा पछिल्लो अवस्था भेटिन सक्ने पनि उहाँले जानकारी दिनुभयो ।

मौसममा सुधार आउनेबित्तिकै टोली फेरि दुर्घटनास्थल जाने र हराएको उपकरण खोजिने पनि उहाँले जानकारी दिनुभयो । छानबिनका अरु काममा भने कुनै ढिलाई नभएको पनि उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया