डेभिजफल टोल विकासमा नारायण पाैडेलकाे अध्यक्षतामा नयाँ कार्यसमिति गठन

पोखरा
डेभिजफल टोल विकास संस्था पोखरा १७, डेभिजफलको ८ औं अधिवेशन तथा साधारणसभाले नारायण पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । वरिष्ठ उपाध्यक्ष प्रवीण पौडेल, उपाध्यक्ष राधिका पहारी, सचिव प्रकाश सुवेदी, सहसचिव देवी चपाई, कोषाध्यक्ष कृष्णबहादुर मल्ल चयन भएका छन् । संस्थाका सदस्य भीमबहादुर क्षेत्री, जगन्नाथ घिमिरे, कमला पौडेल, तेजप्रसाद ढकाल, इन्दिरा आचार्य र सूर्यप्रसाद कोइराला निर्वाचित भएका छन् ।
कार्यक्रममा पोखरा १७ का अध्यक्ष तीर्थराज अधिकारी, छोरेपाटन माविका अध्यक्ष झपीन्द्रराज रेग्मी, गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समिति अध्यक्ष विष्णुप्रसाद पौडेल, डेभिजफल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजन अधिकारी लगायतले बोलेका थिए । कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष लेखनाथ बराल, सल्लाहकार खड्गबहादुर शाही र कुलचन्द्र पौडेललाई सम्मान गरिएको थियो ।
तपाईको प्रतिक्रिया