कास्कीमा राप्रपाका २० नेता प्रहरी नियन्त्रणमा

समाधान संवाददाता २०७५ चैत २६ गते १२:४३

समाधान संवाददाता
पोखरा

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल कास्कीका २० जना कार्याकतालाई कस्की प्रहरीले नियन्त्रणमा लिएको छ । राप्रपाको केन्द्रीय कार्यक्रम अनुसार पोखरामा मुख्यमन्त्रीको कार्यालयमा धर्ना दिएका थिए । धर्नाको क्रममा निषेधित क्षेत्रमा प्रवेश गरेपछि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए ।

प्रहरीले नियन्त्रणमा लिँदा केही कार्यकता घाइते भएका छन् । राप्रपाले देशको विभिन्न ठाउँको सरकारी कार्यालयमा सोमबार धर्ना दिएको थियो ।

Advertisement

राप्रपा हिन्दु राष्ट्र घोषणा, नागरिकता वितरण ऐन २०७५ खारेज, राजासहितको प्रजातन्त्र कायम गर्ने लगायतको माग गर्दै आन्दोनमा उत्रिएको हो । राप्रपाका प्रदेश अध्यक्ष हेमजंग गुरुङ, उपाध्यक्ष राजेन्द्रबहादुर अधिकारी, प्रदेश सचिव बरुणबिक्रम राणा, केन्द्रीय सदस्य जयलाल पुन, रोमबहादुर भण्डारी, जिल्ला अध्यक्ष डा. महेन्द्रबहादुर कार्की, प्रदेश सदस्य नारायण गुरुङ, कृष्णप्रसाद पौडेल, जिल्ला उपाध्यक्ष जगतप्रसाद सुवेदी, जिल्ला सदस्य रामबहादुर तामाङ, विजुलीप्रसाद गुरुङ लगायत २० जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । राप्रपाले काठमाडौंमा सोमबार जुलुस प्रदर्शन गर्दा झडप भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया