कृषिलाई बढवा दिने योजना बनाउन गण्डकी प्रदेशसभा सदस्य प्रभा काेइरालाकाे सुझाव

समाधान संवाददाता २०७५ चैत २६ गते १४:००


समाधान संवाददाता
पोखरा

गण्डकी प्रदेशसभा सदस्य प्रभा कोइरालाले सहकारीले कृषिलाई प्रर्वद्धन गर्ने गरी योजना बनाउन पर्ने बताएकी छन् । नयाँ वर्षको अवसरमा हाम्रो सहयोगी सहकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा ९ ले सोमबार आयोजना गरेको शुभकामना आदानप्रदानमा उनले सहकारीलाई कृषि क्षेत्रलाई बढवा दिने योजना बनाउन सुझाव दिइन् ।

‘मानव जीवन कृषिमा आधारित भएकाले सहकारीले कृषिमा आधारित उद्योग खोल्न आवश्यक छ,’ उनले भनिन्, ‘सरकारीले उत्पादन क्षेत्रमा लगानी नगरेसम्म देशको समृद्धि हुँदैन ।’ उनले सहकारीले गरेका उत्पादनलाई सरकारले बजारीकरणमा सहयोग गर्नुपर्ने औंल्याइन् ।

Advertisement

कार्यक्रममा सहकारीका अध्यक्ष शिवप्रसाद सापकोटा, पोखरा चेम्बर्स अफ कमर्स कास्की अध्यक्ष किसान सुनार, सहकारीका सल्लाहाकारहरू गिरीप्रसाद गुरुङ रसुवास ढुंगाना, उपाध्यक्ष राधिका शाही योगी, सचिव नवीनकिरण भुषाल, कार्यक्रम संयोजक गोकर्ण क्षत्रीले लगायतले बोलेका थिए । कार्यक्रममा सहकारीको नयाँ वर्ष २०७६ को क्यालेन्डरसमेत विमोचन गरिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया