क्षत्री समाजमा प्राडा दिलबहादुर, ५१ सदस्यीय नयाँ कार्यसमिति

समाधान संवाददाता २०७५ चैत २६ गते १७:०९

समाधान सम्वाददाता

क्षत्री समाज नेपाल अध्यक्षमा प्राडा दिलबहादुर क्षत्री निर्वाचित भएका छन् ।
पोखरामा भएको तेस्रो महाधिवेशनबाट समाजका पूर्व अध्यक्ष समेत रहेका प्राडा क्षत्रीको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति निर्वा्चित भएको हो । उनी पृथ्वीनारायण क्याम्पस पोखराका पूर्व क्याम्पस प्रमुख समेत हुन् ।

Advertisement

यस्तै वरिष्ठ उपाध्यक्षमा योगेन्द्र कार्की (काठमाडाै), महिला उपाध्यक्ष खेमकुमारी खड्का (ललितपुर), उपाध्यक्ष कृष्णबहादुर थापा (कास्की), नरबहादुर कार्की (पर्वत), विष्णुबहादुर कार्की (रुपन्देही), प्रेमप्रकाश खड्का (दाङ), लक्ष्मी पाण्डे (कास्की), महासचिवमा केशबहादुर केसी (कास्की), कोषाध्यक्ष रीवबहादुर थापा (कास्की), सचिव हिमाल खड्का (कास्की), सहकोषाध्यक्ष अर्जुनबहादुर बस्नेत (कास्की) चयन भए ।

सदस्यमा भरतबहादुर अधिकारी, शंकरबहादुर कुँवर, शेरजंग अधिकारी, हेमा खड्का, अमृतादेवी बानियाँ, बचन कार्की, श्याम कार्की, मनकराम थापा, यशोदा केसी, देवी खत्री, लेखबहादुर कार्की, नेत्रबहादुर बस्नेत, रम्भा कुँवर, मञ्जु खड्का, दुर्गा केसी, विकास खड्का, नीरज क्षत्री, मोहन केसी, श्यामसुन्दर खड्का, यज्ञबहादुर कार्की, उद्धव खत्री, लोकेन्द्र थापा, चन्द्रबहादुर रोका, भोजबहादुर थापा, भरत साउत, उमाशंकर खड्का, प्रेमबहादुर केसी, पृथ्वी फौदार, लालबहादुर अधिकारी, प्रेरणा पौडेल, नुमा थापा, दया बराल, गोमा रायमाझी, यशोदा भट्टराई, मिलन केसी, बोधराज कार्की, अनिरुद्र थापा, विष्णु टण्डन, भूप भण्डारी, रामजी थापा, मित्र केसी, इन्द्र जिसी, अनिता अधिकारी, विष्णु केसी र राजेन्द्र अधिकारी सर्वसम्मत् चयन भएका छन् ।

Advertisement

नयाँ कार्यसमितिलाई पोखरामा सोमबार आयोजित पदस्थापन समारोहमा निर्वाचन संयोजक वरिष्ठ अधिवक्ता रत्नजंग कार्की, सोभियतबहादुर अधिकारी, प्रेमबहादुर जिसी, प्राडा देवेन्द्रबहादुर लामिछाने, प्राडा ज्ञानबहादुर कार्की लगायतले पदस्थापन गराएका थिए । कार्यसमितिको कार्यकाल ४ वर्षको हुनेछ ।

तपाईको प्रतिक्रिया