रुपामा चट्याङले ३ जना घाइते
समाधान संवाददाता
२०७५ चैत २६ गते १७:४५

समाधान संवाददाता
रुपा गाउँपालिका ५ काफ्ले डाँडाका पुष्प कुमालको घर नजिकैको पिपलको रुखमा चट्याङ पर्दा भगवती सुनार, शान्ती नेपाली र सुमिना कुमाल घाइते भएका छन् ।
२० वर्षे भगवती सुनार र १९ वर्षीय शान्ती नेपालीको पोखरा स्वाथ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ भने ११ वर्षीय सुमिना कुमालको गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको छ ।
चट्याङलगत्तै कुमारको घरको मिटर बक्स पड्कदा बसेका ३ जना घाइते भएका हुन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया