डडेल्धुराको धनगाडमा बस दुर्घटना, ३१ घाइते

समाधान संवाददाता २०७५ चैत २७ गते १०:४६

समाधान सम्वाददाता

अमरगढी नगरपालिका–११ धनगाड नजिक बस दुर्घटना हुदाँ ३१ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।

धनगढीबाट अछामका लागी छुटेको ना ४ ख ६८३६ नम्बरको बस केआईसिह राजमार्गमा पर्ने धनगाड भन्ने स्थानमा बिहान करिब २ः३० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

Advertisement

बस ब्रेक फेल भएर मोडमै पल्टेको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिएका छन् । घाईते ३० जनाको डडेल्धुरा अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ भने गम्भीर घाईते गम्भीर कञ्चनपुरको कृष्णपुरकी ६१ वर्षीया शान्ति दियाललाई थप उपचारका लागि धनगढी पठाइएको छ ।

दुर्घटनामा घाईतेहरु अधिंकाश अछामका रहेको बुझिए भएपनि अहिलेसम्म घाईतेहरुको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय प्रहरीले जनाएको छ । बसमा ५० जना भन्दाबढी सवार रहेका बताईएको छ भने बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया