रहेनन् उद्योगपति दिवाकर गोल्छा

समाधान संवाददाता २०७५ चैत २७ गते १०:५८

समाधान सम्वाददाता

उद्योगी दिवाकर गोल्छाको मंगलबार राती चेन्नईमा निधन भएको छ । मृगौला प्रत्यारोपण गरेको दुई सातामै उनको निधन भएको हो । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष भइसकेका गोल्छाको औद्योगिकरणमा महत्वपूर्ण भूमिका छ ।

६७ वर्षका उनका दुई छोरा छन् । उनी नेपाली कांग्रेसबाट पहिलो संविधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट सभासद बनेका थिए । उनको अग्रसरतामा २४ वटा उद्योग स्थापना भएका थिए ।

Advertisement

हुलास वायर, खाद्यन्न, श्रीराम सुगर मिल, इष्टर्न सुगर मिल, हुलास जस्तापाता लगायतका उद्योग स्थापना भएको थियो । पारिवारिक स्रोतका अनुसार उनको पार्थिव शव विहीवारसम्म काठमाडौँ ल्याएर पशुपतिमा अन्त्येष्टी गरिनेछ ।

Advertisement

तपाईको प्रतिक्रिया