रहेनन् उद्योगपति दिवाकर गोल्छा
समाधान संवाददाता
२०७५ चैत २७ गते १०:५८

समाधान सम्वाददाता
उद्योगी दिवाकर गोल्छाको मंगलबार राती चेन्नईमा निधन भएको छ । मृगौला प्रत्यारोपण गरेको दुई सातामै उनको निधन भएको हो । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष भइसकेका गोल्छाको औद्योगिकरणमा महत्वपूर्ण भूमिका छ ।
६७ वर्षका उनका दुई छोरा छन् । उनी नेपाली कांग्रेसबाट पहिलो संविधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट सभासद बनेका थिए । उनको अग्रसरतामा २४ वटा उद्योग स्थापना भएका थिए ।
हुलास वायर, खाद्यन्न, श्रीराम सुगर मिल, इष्टर्न सुगर मिल, हुलास जस्तापाता लगायतका उद्योग स्थापना भएको थियो । पारिवारिक स्रोतका अनुसार उनको पार्थिव शव विहीवारसम्म काठमाडौँ ल्याएर पशुपतिमा अन्त्येष्टी गरिनेछ ।





एमालेको ११औं महाधिवेशन भोलिदेखि, ओली र पोखरेल नेतृत्वको दौडमा
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
समानुपातिकको प्रतिशत निर्धारण गर्न समिति गठन, ३ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
जब विद्यार्थीले प्रदर्शनी केन्द्रमै गुन्द्री बुने
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया