सगरमाथाकाे उचाइ नाप्न बालुवाटारबाट टाेली निस्कियाे

समाधान सम्वाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाइ नाप्न जान लागेको कर्मचारीको टोलीलाई आज बिदाइ गरेका छन्।
भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट चार जना कर्मचारीको टोली आज त्यसतर्फ जाँदैछन्।
टोलीमा प्रमुख नापी अधिकृत खिमलाल गौतम,नापी अधिकृत रवीन कार्की,सर्भेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धिताल छन्।
टोलीले करिब एक महिनामा सगरमाथाको उचाइ नापेर फर्कने योजना छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान आयोजित शुभकामना तथा बिदाइ कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको तर्फबाट पहिलो पटक सगरमाथाको उचाइ नाप्न लागिएकाले यस टोलीको प्रतिवदेन आधिकारिक हुने बताएका छन्।
‘नेपाल सरकारको तर्फबाट पहिलो पटक सगरमाथाको उचाइ मापन हुँदैछ । तपाईंहरूले सेन्टिमिटरसहितको उचाइ नापेर ल्याउनु होला’ प्रधानमन्त्री ओलीले भने, तपाईंहरूले ल्याएको नाप नै सगरमाथाको आधिकारिक उचाइ हुनेछ।’
प्रधानमन्त्री ओलीले टोलीलाई लक्ष्य हासिल गर्नका लागि शुभकामना दिएका छन्। तर मौसम र स्वास्थ्यलाई भने ख्याल गर्न प्रधानमन्त्रीले सुझाए।
‘लक्ष्यमा अडिग रहनुहोस् तर स्वास्थ्यले साथ दिएन वा मौसम प्रतिकूल भयो भने जिद्दी नगर्नुहोस् । सगरमाथा त्यही हुन्छ। अर्को पटक गएर नापेर आए हुन्छ’, प्रधानमन्त्री ओलीले भने, ‘गाइडको निर्देशन पालना गर्नुहोला।’
सरकारको तर्फबाट सगरमाथाको उचाइ मापन कार्य ऐतिहासिक भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।








जब विद्यार्थीले प्रदर्शनी केन्द्रमै गुन्द्री बुने
पोखरामा ‘अन्डरग्राउन्ड पार्किङ’ नै अन्डरग्राउन्ड !
चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा
जनप्रिय अध्यक्षमा २ उम्मेदवार
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया