गाेर्खाकाे धार्चेमा सामूहिक स्याउ खेती

समाधान संवाददाता २०७५ चैत २७ गते १३:०९

मोहसिन अली मियाँ
गोरखा

धार्चे गाउँपालिकामा सामूहिक स्याउ खेती गरिने भएको छ । धार्चेको उचाइ र हावापानी व्यावसायिक स्याउ खेतीका लागि उपर्युक्त मानिन्छ । गण्डकी प्रदेशको सहयोगमा भूकम्प पीडितको जीविकोपार्जनका लागि स्याउ खेती गर्न लागिएको हो ।

‘भूकम्प पीडितलाई सघाउन गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले यो कार्यक्रम दिएको हो’, धार्चे गाउँपालिकाका प्रमुख सन्तबहादुर गुरुङले भने, ‘पहिलो पटक परीक्षणका रुपमा स्याउ खेती गर्न लागेका छौं ।’

Advertisement

त्यहाँका जनतालाई व्यवसायिक स्याउ खेती गर्नका लागि २१ लाख बजेट बिनियोजन भएको छ । जसबाट १ हजार ४ सय विरुवा खरिद गरी धार्चे पु¥याइएको छ । ‘एग्रो मनाङ नामक संस्थाको प्राविधिक सहयोगमा हामीले बिरुवा सार्ने तयारी गरेका छौं’, उनले भने, ‘अहिले सबै विरुवा धार्चे ल्याइएको छ ।’

गाउँपालिकाका ७ वटै वडाका वस्तीलाई मिलाएर कृषक समूह निर्माण गरी विरुवा वितरण गर्ने तयारी छ । ती समूहले सामूहिक रुपमा स्याउ खेती गर्ने छन् । ‘गाउँटोल मिलाएर हामी समूह बनाउँछौ र ती समूहलाई विरुवा दिन्छौं’, अध्यक्ष गुरुङले भने, ‘यो परीक्षण सफल भयो भने आगामी वर्ष केन्द्र, प्रदेश र गाउँपालिकाको संयुक्त पहलमा यसलाई विस्तार गर्ने योजना छ ।’

Advertisement

धार्चेलाई आलु जस्तै स्याउ खेतीबाट पनि परिचित गराउने योजना रहेको उनले सुनाए । स्याउ खेतीका लागि आवश्यक प्राविधिक ज्ञान भने गाउँपालिकाले उपलब्ध गराउने भएको छ । सोका लागि प्राविधिक झिकाइनेछ ।

‘कटिङ, ग्रेडिङ लगायतका विभिन्न प्राविधिक कुरा पनि कृषकलाई सिकाउने हाम्रो योजना छ’, उनले भने, ‘त्यसका लागि प्राविधिक टोली आउँदै छ ।’ केही दिनअघि धार्चे पुगेका गण्डकी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेतले कृषकलाई विरुवा हस्तान्तरण गरी सामूहिक स्याउ खेतीको सुरुआत गरेका हुन् ।

तपाईको प्रतिक्रिया