५ वर्षमा सबै भूमिहीनलाई लालपुर्जा दिलाउने प्रदेश संसाद काेइरालाकाे दाबी

समाधान संवाददाता
पोखरा
गण्डकी प्रदेश सांसद प्रभा कोइरालाले अबको ५ वर्षमा सबै सुकुम्वासीले स्थायी बासका लागि लालपुर्जा भएको जग्गा पाउने दाबी गरेकी छन् । राष्ट्रिय भूमि अधिकार मञ्च कास्कीको आयोजनामा मंगलबार पोखरामा भएको कार्यक्रममा उनले धेरै आन्दोलन गरेर जनताले खोजेको शासन आएको बताइन् ।
अब जुलुस निकाल्ने, टायर बाल्ने जस्ता कुनै पनि सरकार विरोधी कार्यमा लाग्न नपर्ने बताउँदै उनले भूमिहनिलाई सरकारले अधिकार दिने काम गरिरहेको दाबी गरिन् । सरकारलाई सकारात्मक सुझावसहित खबरदारी गर्न आग्रह गर्दै उनले आफ्नो हक अधिकारप्रति सबै जुटेर लाग्न आग्रह गरिन् ।
मञ्चका केन्द्रीय संरक्षक ल्यामबहादुर दर्जी, केन्द्रीय सदस्य आसबहादुर गुरुङ तथा कन्य गुरुङले पोखरा ९ बसपार्क क्षेत्रमा सुन्दर बसपार्क बनाउने प्रचार गर्दै वर्षौदेखि बसोबास गर्दै आएका ६ सय सुकुम्बासी हटाउन पर्छ भन्ने बजारमा हल्ला सुनिएको बताए । नेपाल बार एसोसियनका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र थापामगरले भूमि अधिकारसम्बन्धी कानुनले कुनै पनि नागरिकलाई बसेको स्थानबाट अन्यत्र सार्न नपाइने व्यवस्था गरेको जानकारी दिए ।
राष्ट्रिय नेपाल भूमिहीन सुकुम्वासी संगठनका कास्की जिल्ला अध्यक्ष लक्ष्मीप्रसाद अधिकारीले आफूहरु विकास विरोधी नभएको तर भ्रमाफियाको चलखेलले बसपार्कबाट सुकुम्बासी हटाउने तर व्यवस्थित गर्ने कुनै योजना नै नभएको जिकिर गरे । कार्यक्रममा अखिल नेपाल सुकुम्बासी संगठनका अध्यक्ष हर्कबहादुर विक, वडा स्तरीय महिला समन्वय समिति पोखरा ९ की संयोजक दिलमाया गुरुङ, मञ्चका अध्यक्ष प्रेमबहादुर गुरुङ, पोखरा नगर अध्यक्ष लेखमाया थापा र कास्की सचिव कुमारी गुरुङले बोलेका थिए ।







पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कोक्यापको कार्यशाला
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया