हेमजामा आलु महोत्सव जारी

समाधान संवाददाता
पोखरा
हेमजास्थित विष्णुपादुका क्लबको आयोजनामा चैत २२ गतेदेखि सुरु हेमजा आलु महोत्सव जारी छ । महोत्सव मध्यतिर आइपुग्दा निकै रौनक थपिएको छ । पछिल्ला दिनमा मौसमले पनि साथ दिएको छ । मेलामा मंगलबारसम्म १० लाखको आलुको कारोबार भएको आयोजकले जानकारी दियो ।
महोत्सवमा मंगलबार लोकदोहोरी, हाँस्यप्रहसन, रत्यौली प्रतियोगिता तथा राष्ट्रिय कृषि दोहोरी गीत प्रतियोगिताले निरन्तरता पाए ।
महोत्सवमा बुधबार लोकदोहोरीतर्फ पुरुषोत्तम न्यौपाने, चन्द्र शर्मा, सुरेन्द्र गुरुङ, श्रीराम अधिकारी, नवराज अधिकारी, जीवन दाहाल, तारापति सुवेदी, प्रेमराज अधिकारी, परशुराम अधिकारी, कृष्ण गुरुङ, सरला पाण्डे, सुभद्रा श्रेष्ठ र माया गुरुङ त्यस्तै हाँस्यप्रहसनतर्फ उमेश राई, कन्सर्टतर्फ ब्रोसिस ब्याड, रमेश रहस्य ब्याण्डका प्रस्तुति रहने मूल आयोजक समितिका महासचिव वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।
हेमजामा उत्पादित आलु तथा अन्य ताजा तरकारीको प्रदर्शन तथा प्रचारप्रसार गर्ने, हेमजालाई व्यावसायिक कृषि क्षेत्रको रुपमा देश विदेशमा चिनाउने, कोल्ड स्टोर्स निर्माण गर्न पहल गर्ने, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत विभिन्न समूहमा व्यावसायिक कृषि खेती सञ्चालन गर्न सहयोग तथा अभिप्रेरित गर्ने साथै क्लब भवन निर्माणमा पहल गर्ने उद्देश्यले महोत्सव गरिएको अर्थ संकलन उपसमितिका संयोजक मदनबहादुर थापाले जानकारी दिए ।








समाधानलाई ‘राष्ट्रिय क’ वर्गको मान्यता
इन्जिनियरिङ पश्चिमाञ्चल क्याम्पसको प्रमुखमा डा. घिमिरे नियुक्त
एलिट ट्रफी क्रिकेट प्रतियोगिता ४ गतेदेखि हुने
म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया