अमर ज्योतिमा ३२औं वार्षिकोत्सव

समाधान संवाददाता २०७५ चैत २७ गते १४:००

समाधान संवाददाता
पोखरा

Advertisement

अमर ज्योति सेकेन्डरी बोर्डिङ स्कुलले ३२ औं वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा विद्यालयले सामाजिक दायित्व अनुरुप गायक एवं संगीतकार रामभक्त जोजिजूलाई सम्मान गरेको छ ।

विद्यालयमा लामो समयमा अध्ययानको कदर गर्दै चित्रकला पौडेललाई नगदसहित सम्मान गरिएको स्कुलले जनाएको छ । एसइई परीक्षामा उत्कृष्ठ अंक ल्याएका विद्यार्थी र अन्य कक्षामा विभिन्न प्रतियोगितामा उत्कृष्ठ विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

पोखरा महानगर शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य, प्याव्सन कास्कीका निर्वतमान अध्यक्ष दीनेश श्रेष्ठ, अभिभावक भक्तबहादुर थापा, लायन्स क्लब अफ पोखरा गण्डकी स्टेटका चार्टर प्रसिडेन्ट अमृत बराल, पूर्व विद्यार्थी पवन काजी अधिकारी, प्रिन्सिपल दीनेश अर्याल लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया