ट्र्याक्टरले किचेर १२ वर्षीय विवेककाे मृत्यु

समाधान संवाददाता २०७५ चैत २८ गते १२:५१

समाधान संवाददाता, दुलेगौंडा

तनहुँको म्याग्दे गाउँपालिका–५ छाङपाटनमा ट्र्याक्टरले किचेर एक मंगलबार एक बालकको मृत्यु भएको छ । खैरेनीटारबाट छाङपाटन जादै गरेको ग१त ४६४४ नम्बरको ट्र्याक्टरले किच्दा सोही ठाउँका १२ वर्षीय बालक विवेक परियारको मृत्यु भएको हो ।

गम्भीर घाइते उनलाई उपचारका लागि जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्र्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया