प्रदेश सभा फेरि स्थगित

समाधान संवाददाता
पोखरा
विधायन समितिमा छलफलमा रहेका विधेयक समयमै प्रदेश सभा बैठकमा नपुग्दा संसद लगातार स्थगन भएको छ । गएको चैत १० गते औद्योगिक व्यवसाय ऐन पारित भएर १९ गतेका लागि बोलाइएको गण्डकी प्रदेश सभाको बैठकले बिजनेस नपाएपछि स्थगन भयो ।
चैत २७ गते बुधबारका लागि बोलाइएको बैठकमा समेत विधायन समितिमा छलफलमा रहेका ३ विधेयक प्रदेश सभामा नपुग्दा बैठक बस्न सकेन । विधेयकलाई बैठकमा पुर्याएर सदन चल्न विधायन समितिले गएको मंगलबार बसे पनि तिन विधेयक उपर कुनै निचोडमा पुग्न सकेन । सचिवालयमा नयाँ विधेयक दर्ता छैनन् ।
विधायन समितिमा दफावार छलफलका लागि पठाइएको ‘प्रदेश सभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’, ‘प्रदेश सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ अड्केर बसेका छन् ।
विधायन समितिको मंगलबार बसेको बैठकमा सुर्तीजन्य पदार्थ सम्बन्धी विधेयकमा छलफल भए पनि संसदमा पठाउने निर्णय हुन नसकेको समिति सदस्य मणिभद्र शर्मा कँडेलले बताए । सुर्तीजन्य पदार्थमा ७५ की ९० प्रतिशत चेतावनीमूलक विज्ञापन राख्नुपर्ने यकिन गर्न नसक्दा विधेयक अड्किएको हो ।
विधायन समितिका सभापति मोहनप्रसाद रेग्मीले विधेयकका सम्बन्धमा सम्बद्ध निकायसँग छलफल गरिरहेको बताए । ‘विधेयकबारे अन्तिम निर्णयमा पुग्दै छौं । मुख्यन्यायाधिवक्ता र कानुन सचिवसँग पनि राय लिएका छौं । अबको केही दिनमै विषय टुंग्याउँछौं,’ उनले भने ।
संघीय ऐनले सुर्तीजन्य पदार्थको कम्तीमा ७५ प्रतिशत भाग चेतावनीमूलक सन्देश नेपाली भाषामा लेख्नुपर्ने व्यवस्था छ । त्यस सम्बन्धी निर्देशिकामा ९० प्रतिशत राख्ने व्यवस्था तय गरेकाले यसै विषयमा अलमलमा परेको बुझिएको छ । प्रदेश सामाजिक विकास मन्त्रालयले तयार गरेको सो विधेयकको मस्यौदामा ९० प्रतिशत राखिनुपर्ने उल्लेख छ ।







मुस्ताङ-डोल्पा सडक १० दिनदेखि अवरुद्ध
लाम्पाटामा पाखो सम्याएर खेलमैदान निर्माण
लमजुङमा जिपको ठक्करबाट बालिकाको मृत्यु
‘गाउँघरको माया’ बोलको लोकगीत सार्वजनिक
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया